रामेछाप। हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै राहत रकम प्रदान गर्न सकेको छैन ।
पहिरोमा परि ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी, ११ वर्षका विज्ञान पहरी र खुट्टाको पाइताला मात्रै फेला परेको २३ वर्षकी बिन्दा पहरीको अझै हकवाला पहिचान हुन सकेको छैन । त्यसैगरी पहिरोमा बेपत्ता भएका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरीको पनि राहत रकम बुझ्ने हकवाला पहिचान हुन सकेको छैन ।
पहिरोमा ज्यान गुमाएका मध्ये पाँच जनाको परिवारलाई राहत उपलब्ध गराइसकिएको र बाँकी मृतक तथा बेपत्ताको विधि प्रक्रिया अनुसारको हकवाला पहिचान हुन नसक्दा राहत रकम प्रदान गर्न समस्या भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका सदस्य सचिव किसान न्यौपानेले बताए।
उनले भने, “पहिरोमा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ र प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम राहत रकम प्रदान गरियो । मृतक तीन जना र बेपत्ता दुई जनाको विधि र प्रक्रिया अनुसार हकवाला पहिचान हुन नसक्दा राहत रकम दिन समस्या भयो। विधि र पक्रिया अनुसार स्थानीय तहबाट हकवाला पहिचान भएर आएपछि तत्काल राहत रकम उपलब्ध गराउन समस्या छैन ।” हकवाला पहिचान बाहेक मृतक तथा बेपत्ताका परिवारलाई राहत रकम दिने विषयमा अन्य कुनै पनि समस्या नरहेको उनले बताए।
पहिरोमा परी ज्यान गुमाएकी ७५ वर्षीया पुड्की पहरीको परिवारले सङ्घीय कोषबाट दुई लाख र प्रदेश कोषबाट एक लाख गरी तीन लाख रुपियाँ राहत रकम पाएका छन् । त्यसैगरी ३० वर्षका सन्दीप पहरी र ११ वर्षका सन्तोष पहरीको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ, ३२ वर्षकी चण्डिका थापा मगर र १८ महिनाका आमोष श्रेष्ठको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ राहत रकम पाएका छन् ।
दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क स्थित पहरी गाउँमा गत भदौ ९ गते बिहानी पख अविरल वर्षा पछिको पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव भेटिएको थियो भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको थियो । पहिरोमा परेका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरी भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...
श्रावण २ गते, २०८३ - १६:४३
लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...
श्रावण २ गते, २०८३ - १६:३२
काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...
श्रावण २ गते, २०८३ - १६:१९
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...
श्रावण २ गते, २०८३ - १५:५२
म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...
श्रावण २ गते, २०८३ - १५:४३
काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...
श्रावण २ गते, २०८३ - १५:३४
बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...
श्रावण २ गते, २०८३ - १४:३४
तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...
श्रावण २ गते, २०८३ - १४:२७
काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...



प्रतिकृया लेख्नुहोस्: