Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दावी

खबरडबली संवाददाता

पेरिस । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रीत रहने जनाएको छ । 

नोभेम्बरमा हुने सम्मेलनमा विकासशील देशलाई जलवायु परिवर्तनसँग जुध्न आवश्यक रकम र रकमको स्रोत निर्धारणमा राष्ट्रहरू सहमत हुने अपेक्षा गरिएको छ तर अहिलेसम्मको औपचारिक वार्ता असहमतिमा टुङ्गिएको छ । विभिन्न गतिरोधको बावजुद पनि सम्मेलनका लागि उत्साहित रहेको अजरबैजानले कठिन वार्तालाई “पूरक“ गर्ने आशामा एक दर्जन भन्दा बढी पहलहरू अगाडी सारेको छ । 

अजरबैजानले यस सन्दर्भमा म्याराथन शिखर सम्मेलनको क्रममा राष्ट्रलाई युद्धविराम गर्न आग्रह गर्ने, जैविक फोहोर र पर्यटन उद्योगबाट हुने मिथेन उत्सर्जन घटाउने प्रतिबद्धता जनाउने, र विश्वव्यापी ऊर्जा भण्डारणलाई बढावा दिने वाचा गर्ने जस्ता आवश्यक पहल गरेको हो । 

कोप–२९ मा अजरबैजानले प्रस्ताव गरेको मुख्य एजेन्डामध्ये जलवायु वित्त कोष निर्धारणको लक्ष्य विकासोन्मुख देशहरूका लागि जलवायु परिवर्तनसँग जुध्न जीवाश्म इन्धन उत्पादन गर्ने देश र उद्योगबाट आवश्यक रकम सङ्कलन गर्नु हो । जीवाश्म इन्धनमा निर्भर अजरबैजानले “जलवायु वित्त कार्य कोष” मा पहिलो योगदान गर्ने अपेक्षा गरिएको छ । 

यस वर्ष बाकुमा हुने शिखर सम्मेलनमा विकासशील देशलाई ‘वार्मिङ ग्रह’सँग अनुकूलन गर्न आवश्यक रकम निर्धारण गर्न र उक्त रकम जुटाउन राष्ट्रहरु प्रतिबद्ध हुने अपेक्षा गरिएको छ । राष्ट्रका स्वैच्छिक पहल जस्तै गैर–बाध्यकारी प्रतिज्ञा र प्रतिबद्धता कोप शिखर सम्मेलनका विशेषताहरू हुन् तर यस्ता प्रतिज्ञाहरु संयुक्त राष्ट्रसङ्घको समर्थनमा पक्षबीच सहमतिद्वारा उत्पन्न हुने बाध्यकारी सम्झौताभन्दा फरक छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: