Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहल भइरहेको छः स्वास्थ्यमन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरु भइरहेको जानकारी दिए ।

बिरामी सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री पौडेलले बिरामी सुरक्षाको सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा निरन्तर सुधारका पहलहरु भइरहेको जानकारी दिए।

पहलहरुलाई अर्थपूर्ण बनाउन उपलब्ध स्रोत, उपकरण र जनशक्तिको उपयोग गर्दै बिरामीको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गरी निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन उहाँले प्रतिवद्धता गरे।

यसका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायलाई उहाँले आह्वान गरे।

बिरामीलाई हुने हानी न्यूनीकरण गर्न बिरामी, स्वास्थ्यकर्मी, तथा नीति निर्मातहरु बिच पारस्पारिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको मन्त्री पौडेलको ठहर छ ।

उनी भन्छन्, “बिरामीको रोगको सहि र सुरक्षित निदान प्रकृयामार्फत निदानात्मक  त्रुटिहरुलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उनको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता  संरक्षण ऐनले समेत बिरामी सुरक्षालाई प्रथमिकतामा राखेको सन्दर्भमा हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘राष्ट्रिय बिरामी सुरक्षा कार्य योजना २०२४–२०३०’ ले यसका लागि थप दिशानिर्देशन गर्ने उनको विश्वास छ ।

बिरामीको रोगको सही निदानात्मक प्रकृयालाई विशेष जोड दिएको, यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको मुल नारा ‘निदानमा सुधार, बिरामी सुधार, बिरामी सुरक्षाको आधार’ रहेको छ ।

यो दिवसले बिरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षाको सुनिश्चितता गर्न नीतिहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बिरामीमा हुन सक्ने हानी न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

नेपाल औषधी लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...

गृहमन्त्रीसँग भेट्न पाउ भन्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले हटायो

काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...

झापामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...

तनहुँमा ‘सर्च एण्ड स्वीप’ अभियान : २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending