Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

खबरडबली संवाददाता

अस्ट्रेलिया । अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । 

पर्थ शहरको मुटु  सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोशाकमा सजिएका हजारौ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर शहरी पदयात्रा गरेका थिए । एकाबिहानै निकालिएको पदयात्रालाई ब्यवस्थित पार्न सयौंको संख्यामा स्वयमसेवक  स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाल हाउस अन्तर्गत राखिएको धरहरा, सगरमाथा, ढुंगेधारा, ढिकी, जाँतो, बौद्ध स्तुपा आकर्षणको केन्द्र बनेका थिए । यस्तै महोत्सवस्थलमा  नेपाली खानाका बिभिन्न स्टलहरु समेत राखिएको थियो । 

महोत्सवमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता, शिक्षा तथा बहुसांस्कृतिकमन्त्री टोनी बुटीले नेपाल कला संस्कृतिमा धनी भएको भन्दै अस्ट्रेलियालाई सफल बहुसांस्कृतिक देश बन्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बढ्दो नेपाली समुदायलाई शुभकामना दिँदै सांस्कृतिक विविधताबारे खुलेर प्रशंसा गर्दै सरकारको तर्फबाट सहयोग गर्ने बचनसमेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष बद्री केसीले यस फेस्टिभलले अष्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक एकता र परिचयलाई बलियो बनाउँदै, नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका निभाएको बताए । उनले नेपाली संस्कृति र परम्परालाई प्रोत्साहित गर्दै अष्ट्रेलियामा नेपाली पहिचानलाई यस्ता महोत्सवले मजबुत बनाउन मद्दत पुर्‍याएको दोहोर्याए । 

यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्ने मात्र होइन, प्रवासमा नेपाली संस्कृति र परंपरालाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका निभाएको दाबी गरे । अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको थाहा पाउँदा खुशी लागेको केसीले बताए । अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारीसमेत दिए । 'नागरिकताको विषयमा केही समस्या देखिएको छ, आगामी गैरआवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुन्छ', उनले भने । 

कार्यक्रम संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेले कार्यक्रम सफल भएको दाबी गर्दै सबैको समान सहभागिता र मेहनतको प्रसंशा गरे । उनले फेस्टिभलले पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक र ऐतिहासिक धरोहर सम्झन र मान्न एक अद्भुत अवसर प्रदान गरेको बताए । कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका नेपाली राजदूतावासका प्रतिनिधि, वेस्टर्न अष्ट्रेलिया राज्य सरकारका अधिकारी, सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवर, आईसिसी सदस्यलगायत सहभागी थिए । यस्तै मेलबर्नबाट प्रवक्ता बबिन मिश्र लगायत सहभागी भएका थिए । 

यस्तै क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल लगायत नेपाली समुदायका विभिन्न अगुवाहरूको उपस्थिति थियो । नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्यान्डले दर्शकलाई रमाइलो मनोरञ्जन प्रदान गरेको थियो । नेपाल फेष्टिभल पर्थमा पहिलो पटक १० मिनेट लामो आतिशबाजीसमेत गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending