काठमाडौं । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । अब अर्को बैठक बुधबार बस्ने संसद् सचिवालयलले जनाएको छ । बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ ।
गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।
सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि डा. शंकर शर्मा, इजरायलका लागि प्रा। धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी रहेका छन् ।
समितिले यस अघि नै १७ राजदूतसँग कार्ययोजनामा छलफल गरेको थियो । समितिले प्रस्तावित राजदूतसँगै परराष्ट्रमन्त्री डा आरजू राणा देउवासँग पनि छलफल गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १७:२६
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...
माघ १२ गते, २०८२ - १६:५९
विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...
माघ १२ गते, २०८२ - १६:३९
रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने
माघ १२ गते, २०८२ - १६:३२
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...
माघ १२ गते, २०८२ - १६:२१
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...
माघ १२ गते, २०८२ - १६:१३
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...
माघ १२ गते, २०८२ - १६:०५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...
माघ १२ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...




प्रतिकृया लेख्नुहोस्: