Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक:प्रचण्ड

खबरडबली संवाददाता

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् । 

नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले अहिलेको  अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताए । 

पछिल्लो केही दिन पूर्वी नेपालमा केन्द्रित रहेका अध्यक्ष प्रचण्डले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताए । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासित गरेको छलफल र सबै प्रदेशमा गरिएको पार्टीको परामर्श बैठकबाट पार्टीलाई नयाँ उचाइमा उठाउने विश्वास पैदा भएको उल्लेख गर्दै उनले अब आफू पूरै आट गरेर समाज निर्माणको अभियानमा अघि बढेको बताए । 

अध्यक्ष प्रचण्डले थपे, ‘झापामा जति अन्तर संवाद र अन्तक्रिया भयो, म केमा पुगेको छु भने हाम्रो एउटा अभियान सुरु भयो । त्यसको नेतृत्व झापाले गर्नेछ । झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन । नक्कली भूटानी शरणार्थी, गिरिबन्दु टिस्टेट जस्ता माफिया र तस्करीसित जोडिएका घटना झापामा भएको र आज आफूले संयोगवस गिरिबन्दु टिस्टेटको भूमि टेकेर पीडितसित छलफल गर्ने अवसर पाएको बताए । आफूले नेतृत्व गरेको सरकारले माफिया र दलालहरुविरुद्व थालेको कदम चाल्दा नै सरकार ढालिएको स्पष्ट गर्दै उनले पछिल्लो समय नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त पक्राउ र त्यसपछि अनुसन्धानको सुई बुढानिलकण्ठ र बालकोट तिर सोझिएपछि माफियाहरुको मध्यस्थतामा कांग्रेस एमाले रातारात एक भएको बताए । 

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित भ्रष्टाचारका फाइल खोल्दैगर्दा सरकार छाड्नुपरेकाले सरकार छाडेपछि जनताको आकर्षण वृद्धि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टी संगठन पुनर्गठन गरेर जनपरिचालनसहित अघि बढ्ने बताए । ‘माओवादी केन्द्र आफु सच्चिएर जनताको ऐजेण्डामा अगाडि बढ्दा देश बनाउन सकिन्छ । हामीले आफ्नो वर्ग,सहिद बेपत्ता परिवार, घाइते पाङ्गहरूसँग छलफल अन्तक्रिया गर्दै कमिकमजोरी सच्याउने बाचा गर्दै अघि बढ्दा पार्टी निर्माण गर्न सकिन्छ । अहिले पार्टी प्रति जनताको विश्वास र भरोसाले पार्टी निर्माण गर्न सकिन्छ भन्ने विश्वास म मा पैदा भएको छ । मलाई जनयुद्धको तयारी गरेको जस्तै जोश आएको छ´-अध्यक्ष प्रचण्डले भने । उनले केन्द्रीय समिति बैठकपछि पार्टीसँग जनताको सम्बन्ध सुधारका लागि एउटा अभियान लिएर पूर्वदेखि पश्चिमसम्म जाने बताए ।

आफ्नो पार्टीको जोड अब सत्ता समीकरण बनाउने भत्काउनेतर्फ केन्द्रित नहुने स्पष्ट गर्दै सरकारका गलत क्रियाकलापको भने सडक र सदनबाट निरन्तर प्रतिवाद गर्ने र आफूले त्यसको थालनी सदनबाट गरिसकेको बताए । दुई तिहाइ छ भनेर मनपरी नगर भनेर सम्झाउदा प्रचण्डले बंगलादेश बनाइदिन्छु भन्यो भनेर कोकोहोलो मच्चाउने गरेको चर्चा गर्दै उनले यो त्रसित मानसिकताको उपज भएको बताए । 

संविधान पल्टाउदा जतातै माओवादी एजेन्डा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, महिला, दलित, जनजाति, मधेशीका अधिकार मात्रै देख्ने गरेकाले कतिपय शक्ति र व्यक्तिलाई संविधान मन नपरेको उल्लेख गर्दै उनले आफूहरुले कुनै नाममा जनताका अधिकार कमजोर हुन नदिने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending