Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक:प्रचण्ड

खबरडबली संवाददाता

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् । 

नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले अहिलेको  अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताए । 

पछिल्लो केही दिन पूर्वी नेपालमा केन्द्रित रहेका अध्यक्ष प्रचण्डले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताए । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासित गरेको छलफल र सबै प्रदेशमा गरिएको पार्टीको परामर्श बैठकबाट पार्टीलाई नयाँ उचाइमा उठाउने विश्वास पैदा भएको उल्लेख गर्दै उनले अब आफू पूरै आट गरेर समाज निर्माणको अभियानमा अघि बढेको बताए । 

अध्यक्ष प्रचण्डले थपे, ‘झापामा जति अन्तर संवाद र अन्तक्रिया भयो, म केमा पुगेको छु भने हाम्रो एउटा अभियान सुरु भयो । त्यसको नेतृत्व झापाले गर्नेछ । झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन । नक्कली भूटानी शरणार्थी, गिरिबन्दु टिस्टेट जस्ता माफिया र तस्करीसित जोडिएका घटना झापामा भएको र आज आफूले संयोगवस गिरिबन्दु टिस्टेटको भूमि टेकेर पीडितसित छलफल गर्ने अवसर पाएको बताए । आफूले नेतृत्व गरेको सरकारले माफिया र दलालहरुविरुद्व थालेको कदम चाल्दा नै सरकार ढालिएको स्पष्ट गर्दै उनले पछिल्लो समय नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त पक्राउ र त्यसपछि अनुसन्धानको सुई बुढानिलकण्ठ र बालकोट तिर सोझिएपछि माफियाहरुको मध्यस्थतामा कांग्रेस एमाले रातारात एक भएको बताए । 

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित भ्रष्टाचारका फाइल खोल्दैगर्दा सरकार छाड्नुपरेकाले सरकार छाडेपछि जनताको आकर्षण वृद्धि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टी संगठन पुनर्गठन गरेर जनपरिचालनसहित अघि बढ्ने बताए । ‘माओवादी केन्द्र आफु सच्चिएर जनताको ऐजेण्डामा अगाडि बढ्दा देश बनाउन सकिन्छ । हामीले आफ्नो वर्ग,सहिद बेपत्ता परिवार, घाइते पाङ्गहरूसँग छलफल अन्तक्रिया गर्दै कमिकमजोरी सच्याउने बाचा गर्दै अघि बढ्दा पार्टी निर्माण गर्न सकिन्छ । अहिले पार्टी प्रति जनताको विश्वास र भरोसाले पार्टी निर्माण गर्न सकिन्छ भन्ने विश्वास म मा पैदा भएको छ । मलाई जनयुद्धको तयारी गरेको जस्तै जोश आएको छ´-अध्यक्ष प्रचण्डले भने । उनले केन्द्रीय समिति बैठकपछि पार्टीसँग जनताको सम्बन्ध सुधारका लागि एउटा अभियान लिएर पूर्वदेखि पश्चिमसम्म जाने बताए ।

आफ्नो पार्टीको जोड अब सत्ता समीकरण बनाउने भत्काउनेतर्फ केन्द्रित नहुने स्पष्ट गर्दै सरकारका गलत क्रियाकलापको भने सडक र सदनबाट निरन्तर प्रतिवाद गर्ने र आफूले त्यसको थालनी सदनबाट गरिसकेको बताए । दुई तिहाइ छ भनेर मनपरी नगर भनेर सम्झाउदा प्रचण्डले बंगलादेश बनाइदिन्छु भन्यो भनेर कोकोहोलो मच्चाउने गरेको चर्चा गर्दै उनले यो त्रसित मानसिकताको उपज भएको बताए । 

संविधान पल्टाउदा जतातै माओवादी एजेन्डा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, महिला, दलित, जनजाति, मधेशीका अधिकार मात्रै देख्ने गरेकाले कतिपय शक्ति र व्यक्तिलाई संविधान मन नपरेको उल्लेख गर्दै उनले आफूहरुले कुनै नाममा जनताका अधिकार कमजोर हुन नदिने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: