काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् ।
आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि।स। १६ ९क० सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधयेकको काम अघि बढेको जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।
राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको लेखकको भनाई थियो ।
'स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिती कायम सशस्त्र प्रहरी संगठनले गरेको छ ।'उनले भने, 'जिम्मेवारी सम्पादन गर्ने शिलसिलामा प्रर्दशन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।'
परिवर्तित राजनैतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यवसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रवन्ध गरेको धारणा राखे ।
सशस्त्र प्रहरीले आफ्नो जनशक्तिललाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताए । 'यस्ता तालिमहरुका लागि आवश्इक पुर्वाधार व्यवस्थापन तथा क्षमता अभिवृधिका लागि सरकारले पुर्ण साथ एवं सहयोग रहेको र यसको निरन्तरता हुनेमा समेत आश्वस्त पार्न चाहन्छु ।' उनले भने, 'सशस्त्र प्रहरी बलको नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरु आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर शान्ति सुरक्षाका क्षेत्रमा नविन योजना लागू गर्दै अघि बढिरहेको महशुस छ ।'
उनले देशको विकासको पुर्व सर्त भनेकै शान्ति सुरक्षा कायम हुनु हो भन्दै सबै सुरक्षा निकाय तथा आम नागरिकहरुसंगको सहकार्य र समन्वयबाट मात्रै शासन्त सुव्यवस्था कायम गर्ने कार्य सम्भव रहनेमा जोड दिए । साथै दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए ।
उक्त समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । उक्त समारोहमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोर्कणमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर लगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...
श्रावण २ गते, २०८३ - १६:४३
लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...
श्रावण २ गते, २०८३ - १६:३२
काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...
श्रावण २ गते, २०८३ - १६:१९
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...
श्रावण २ गते, २०८३ - १५:५२
म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...
श्रावण २ गते, २०८३ - १५:४३
काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...
श्रावण २ गते, २०८३ - १५:३४
बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...
श्रावण २ गते, २०८३ - १४:३४
तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...
श्रावण २ गते, २०८३ - १४:२७
काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...



प्रतिकृया लेख्नुहोस्: