Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

कश्मीरमा विधान सभा निर्वाचन नजिकिँदै गर्दा झडपमा वृद्धि

खबरडबली संवाददाता

नयाँदिल्ली। विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

भारत प्रशासित कश्मीरमा दश वर्षपछि हुन लागेको पहिलो विधान सभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ ।

“बहादुरको सर्वोच्च बलिदान” लाई श्रद्धाञ्जली दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबिच विभाजित भएको हो र दुवै देशले यसलाई पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् । पैँतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मीर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ ।

सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधान सभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान

काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...

रोशनी मेचे कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...

कर्णाली प्रदेशका आठ जिल्लामा एमाले र प्रलोपाबीच गठबन्धन

रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...

रुकुम पूर्व र पश्चिममा एमाले र प्रलोपाबीच चुनावी सहकार्य

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।  आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...

सदस्य सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...

राष्ट्रियसभा निर्वाचन: ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending