Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

ईडब्लूएलः काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त

खबरडबली संवाददाता

काठमाडौं ।  वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नुअघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्वगरिसकेका भट्ट आगामी सिजनमा स्पाइकर्सलाई सफलता दिलाउन तयार देखिएका छन्।

बलियो रणनीतिक कौशल र बलिया टिमहरू बनाउने क्षमताका लागि परिचितजगदीश भट्ट भलिबलका एक सम्मानित प्रशिक्षक हुन्। एशिया र युरोपका उच्चस्तरीय टिमहरूलाई प्रशिक्षण दिने अनुभव संगालिसकेका भट्ट आफ्नो प्राविधिक विशेषज्ञता र प्रेरक दृष्टिकोणको लागि परिचित छन्। 

भट्टसँग खेलाडीहरूलाई उनीहरूको पूर्ण क्षमतामा खेल्न सक्ने बनाउनेर जुनसुकै प्रतिस्पर्धाका लागिसक्षम टोलीहरू निर्माण गर्ने प्रमाणित ट्र्याक रेकर्ड रहेको छ। यसले खुबीले पनि उनलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा स्पाइकर्सको नेतृत्वका लागि सक्षम बनाएको हो। स्पाइकर्समा उनले उषा भण्डारी, कमला पुन,आरती सुवेदी, निशा महर, कोपिला राना, बसन्ती साउदजस्ता उत्कृष्ट अनि प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले आफ्नोधारणा व्यक्त गर्दै भन्नुभयो,“प्रशिक्षक भट्टको आगमनले प्राविधिक रूपमा उत्कृष्ट र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाईसहयोग हुनेछ। वहाँसँग रहेको खेलप्रतिको गहिरो बुझाइ रखेलाडीलाईनिखार्नका लागिचाहिने जोशले हाम्रो टोलीको प्रदर्शनलाई पक्कै पनि उच्च पार्नेछ। उहाँको मार्गदर्शनले हाम्रा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूबीचको सन्तुलनहेर्न पनि हामी उत्सुक छौं।”

आफ्नो नयाँ भूमिकाप्रति उत्साह व्यक्त गर्दैप्रशिक्षक जगदिश भट्टले भने,“काठमाडौं स्पाइकर्सको यो नयाँ जिम्मेवारी निभाउन पाउँदा म उत्साहित छु। यो टिम सम्भावनाले भरिएको छर म एकजुट भएको प्रतिस्पर्धात्मक युनिट बनाउन खेलाडी र स्टाफहरू दुवैसँग मिलेर काम गर्न तत्पर छु। एभरेष्ट महिला भलिबल लिग एउटा रोमाञ्चक मञ्च होर यसमा आफ्नो प्रभाव देखाउन म स्पाइकर्सलाई मद्दत गर्न तयार छु।ू

जगदिश भट्ट मुख्य प्रशिक्षक बनेसँगै काठमाडौं स्पाइकर्स एभरेष्ट महिला भलिबल लिगको पहिलो सिजनका लागिउत्साहित छ। वहाँको मार्गदर्शनले टिमलाई अझ राम्रो प्रदर्शन गर्न र आफ्ना फ्यानहरूलाई सम्झनलायकअनुभवहरू प्रदान गर्न मद्दत गर्ने उनीहरुको विश्वास छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE