Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

नेपाल र जापानका कम्पनीबिच सम्झौता : वैदेशिक लगानी उच्च प्राथमिकतामा

खबरडबली संवाददाता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएको छन् ।

आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबिच सूचना प्रविधि ९आइटी० क्षेत्रमा संयुक्त लगानीका लागि बिहीबार आयोजित सम्झौता कार्यक्रममा उनले भने, “हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ ।”

मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिए। उनले यो सम्झौताले दुई राष्ट्रबिचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गरे।

“यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैनौ, हामी नेपाल र जापानबिच पुल निर्माण गरिरहेका छौँ, प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सृजना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजीकरण गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ, यसले विशेष गरी हाम्रो द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिन्छ”, मन्त्री भण्डारीले सो कार्यक्रममा सम्बोधनका क्रममा भने।

आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत ९सीइओ० सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्नुभयो । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आइजीसीका अध्यक्ष लामाले आजको कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र नभई नेपाल र जापानीबिच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताए । उनले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्याउने बताए।

केइरिनकनका अध्यक्ष तथा सीईओ श्री सतोशी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबिचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताए । उनले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

नेपाल औषधी लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...

गृहमन्त्रीसँग भेट्न पाउ भन्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले हटायो

काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...

झापामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...

तनहुँमा ‘सर्च एण्ड स्वीप’ अभियान : २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending