काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पहिलो चरणको बन्द प्रशिक्षणका लागि २९ खेलाडी छनोट गरेको हो । प्रशिक्षण भदौ ३० देखि असोज १३ गतेसम्म दाङको लमहीमा हुने क्यानले जनाएको छ ।
छनोट प्रतियोगितामा नेपाल, आयोजक संयुक्त अरव इमिरेट्स ९युएई० कुवेत र थाइल्यान्डको सहभागिता रहनेछ । सबै टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।
नेपालले कार्तिक २१ गते थाइल्यान्डसँग, कार्तिक २२ गते कुवेत र कार्तिक २४ गते युएईसँग खेल्नेछ । यस्तै नेपालले कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेत र कार्तिक २८ गते युएईसँग पुनस् खेल्नेछ । शीर्षस्थानमा रहने टिमले विश्वकप खेल्नेछ । महिला यु–१९ टी–२० विश्वकप आगाजी वर्ष मलेसियामा हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएको खेलाडीहरुमा सोनी पाख्रिन, अलिया यादव, मनिशा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पुजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रबिना साउद, किरन कुमारी कुँवर र तृषना विक छन्।
यस्तै छनोटमा रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामत, आरती महतो, पूजा महतो, कुस्म गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, निरु जिटी, सिराना थापा, रचना चौधरी, आश्मा पुलामीमगर र सुस्मिता भुषाल परेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...
श्रावण २ गते, २०८३ - १६:४३
लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...
श्रावण २ गते, २०८३ - १६:३२
काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...
श्रावण २ गते, २०८३ - १६:१९
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...
श्रावण २ गते, २०८३ - १५:५२
म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...
श्रावण २ गते, २०८३ - १५:४३
काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...
श्रावण २ गते, २०८३ - १५:३४
बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...
श्रावण २ गते, २०८३ - १४:३४
तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...
श्रावण २ गते, २०८३ - १४:२७
काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...



प्रतिकृया लेख्नुहोस्: