Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेको छन् । 

बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताएको हो।  

उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे।  प्रतिष्ठान बनायो छोड्यो गर्ने नभइ नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरुप चल्नुपर्नै बताए।  

नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताए।  पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको बताए।  उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए।  

उनले भने, ‘सुवाषचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उनको सम्झनामा उनका आदर्शलाई पछ्याएर केही कामहरु गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु। ’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

नेपाल औषधी लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending