काठमाडौं । नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानले ३ असोजमा 'डोटी साहित्य उत्सव-२०८१' आयोजना गर्ने भएका छन्। संविधान दिवस पारेर उत्सव आयोजना गरिने लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए।
उत्सवमा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्रष्टाको प्रस्तुति रहने उनको भनाइ छ। 'उत्सवमा जनप्रतिनिधिसँग साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक बहस हुनेछ। वक्ता शिखर नगरपालिकाका मेयर दीर्घ बलायर र बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला हुनुहुने छ। एक पालिका प्रमुखको टुंगो लाग्न बाँकी छ,' उनले भने, 'यसका साथै कविता उत्सव, गजल उत्सव, मातृभाषाका सिर्जना उत्सव र मुक्तक उत्सव हुनेछ।'
कविता उत्सवमा डडेल्धुराका कैलाशकुमार पाण्डेय, डोटीका हिकमत शाही र तोयनाथ भट्टको प्रस्तुति रहने बताइएको छ। गजल उत्सवमा अछामका नवीन चिराग, बझाङका लोकेन्द्र बोहरा ‘परिवर्तन’, डोटीका रामचन्द्र राणा र कुश्मा भट्टले रचना वाचन गर्ने छन्।
मातृभाषा सिर्जना उत्सवमा बैतडी जन्मथलो भई कञ्चनपुर बस्दै आएका कविराज भट्ट, बझाङका पूर्ण मल्ल, डोटीका डिलबहादुर महारा र तीर्थराज भट्टले रचना प्रस्तुत गर्ने छन्। विजय आउजी, दलदिपेस र सिता साउँदको मुक्तक प्रस्तुति रहने छ।
गायक गोपाल सूचिकार, शेर साउँद, राम साउँद र हरि सुदामाको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। गीता स्मृति कठायत, अमर खड्का, हेमा देउवा, हर्क खडायत, धनबहादुर ऐर, पदम स्मृति अवस्थी, भक्त रावललगायत स्रष्टाको पनि प्रस्तुति रहने छ।
डोटेली लोकसाहित्यमा योगदान पुर्याउने पदमराज जोशीलाई प्रा. डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार र कवि निर्मलकुमार भण्डारीलाई कवि पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि जनही ११ हजार १११ रहेको छ।
कार्यक्रममा निर्मला बोगटी, हेमा देउवा, गडसेरी माइला, देवेन्द्र भट्ट, हर्क खडायतको पनि सहभागिता रहने साउदले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - ०९:३१
पर्सा। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमा दुर्वयवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ ग...
जेष्ठ ३२ गते, २०८२ - ०८:५०
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफ...
जेष्ठ ३२ गते, २०८२ - ०८:४८
गुल्मी। लुम्बिनी प्रदेश सरकारले आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक...
जेष्ठ ३२ गते, २०८२ - ०८:१०
अहमदावाद। भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदावादबाट बेलायतको लण...
जेष्ठ ३२ गते, २०८२ - ०८:०५
बागलुङ। बागलुङमा बागलुङमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक...
जेष्ठ ३२ गते, २०८२ - ०७:४०
काठमाडौँ। नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको...
जेष्ठ ३२ गते, २०८२ - ०७:३५
जाजरकोट। जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–७ बगराका अन्दाजी १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्च...
जेष्ठ ३२ गते, २०८२ - ०७:२४
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ...
जेष्ठ ३२ गते, २०८२ - ०७:१८
काठमाडौं। हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेक...
जेष्ठ ३१ गते, २०८२ - १७:३७
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा द...
प्रतिकृया लेख्नुहोस्: