Ntc summer Offer
Khabar Dabali २५ असार २०८२ बुधबार | 9th July, 2025 Wed
Investment bank

सत्तारुढ गठबन्धन बैठक: सरकारलाई प्रभावकारी बनाउने निर्णय

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकारको कामलाई प्रभावकारी बनाएर जाने निर्णय गरेको हो ।

बैठकपछि सत्तारुढ दलको मुख्य सचेतक महेश बर्तौलाले संसद् र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।  उनले भने, ‘सरकार र संसदको कामलाई कसरी अगाडि बढाउने, कसरी सन्तुलित, व्यवस्थित ढंगबाट अगाडि बढाउने र सरकारका समग्र कामहरुमा सत्ता पक्ष कसरी एकीकृत धारणाका साथ अगाडि बढ्ने विषयमा बैठकमा छलफल भयो ।’

यस्तै बैठकमा गठबन्धनलाई एकताबद्ध बनाउनेबारे छलफल भएको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको भावना विपरीत नबोल्ने बताएका छन् । 

सत्तारुढ दलहरूले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने समझदारी पनि गरेका छन् । कांग्रेस-एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासीन कांग्रेस र एमाले तथा सरकारलाई समर्थन गर्ने दलहरूसमेतको बैठकले संविधान संशोधनलाई प्राथमिकतामा राखेर छलफल गरेको हो । 

बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले सत्तारुढ दलको बैठक संविधान संशोधन गर्ने विषयमा केन्द्रित भएको जानकारी दिइन् । ‘संविधान संशाधेन गर्न सबै दलसँग बृहत् छलफल गर्ने कुरा भएको छ । सबै दलको विचार विमर्श बुझेर संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्‍याउन बैठक केन्द्रीत रह्यो,' उनले भनिन्, ‘संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट थिए । ती असन्तुष्टिलाई सम्बोन गरी अझै राम्रो संविधान बनाउनुपर्छ भन्ने जोड रह्यो ।’

उनले राजनीतिक दल र असन्तुष्ट पक्षसँग छलफल गरी अघि बढ्ने निष्कर्षमा सत्तारुढ दल पुगेको बताइन् । यसका साथै सरकारलाई बलियो र कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले जोड दिएका थिए ।

प्रतिपक्ष दलहरु माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले सरकारको चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका हुन् । ‘सरकारलाई कसरी बलियो बनाएर अघि जान सकिन्छ । सरकारले गर्ने कामलाई अझै प्रभावकारी बनाउन पनि छलफल भयो,' उनले भनिन् ।

सत्तारुढ दलले सत्तापक्षको बैठक हरेक साता गर्ने निर्णय पनि गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको थियो । 

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । सरकार गठन भएको लामो समय बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्न थालेपछि कांग्रेस–एमालेले बल्ल न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न लागेका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिकित्सककाे आन्दोलनले बिरामीलाई सास्ती

चितवन । चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास...

२५ किलो गाँजासहित मोरङमा भारतीय नागरिक पक्राउ

विराटनगर । प्रहरीले मोरङ धनपालथान गाउँपालिकाबाट गाँजासहित भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत-२ का २२ वर्षी...

प्रधानमन्त्री ओलीले गरे बाढी प्रभावित क्षेत्रकाे अवलाेकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।  बाढीबाट भएको...

रसुवा बाढीकाे क्षतिको विववरण सार्वजनिक

२३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगे

म्याग्दीका पर्यटकीय स्थल सुनसान

म्याग्दी। वर्षा सुरु भएसँगै यहाँका पर्यटकीय स्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र ...

वीरगञ्जमा खानेपानीको हाहाकार

पर्सा । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल ...

डेढ दशकको अन्तरालमा हराउँदै रैथाने धान

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांश खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पा...

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित...

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ...

सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending