Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

इन्द्रजात्राका लागि लिङ्गो लिन मानन्धर समुदायका अगुवा बन प्रस्थान

खबरडबली संवाददाता

काठमाडौं । इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिने यसिं (इन्द्रध्वज) लिन मानन्धर समुदायका अगुवा आज बन प्रस्थान गरेका छन् । बिहान १० बजेर ४७ मिनेटको साइतमा उनीहरु हनुमानढोकाबाट गुर्जुको पल्टनसहित बन प्रस्थान गरेका हुन् । 

यसरी यसिं ल्याउने बन (भक्तपुरको चित्तपोल) बाट रुख ल्याउनका लागि होली पूर्णिमापछि गुंला सुरु हुनु अघि क्षमा पूजा गरेर रुख कटान गर्न स्वीकृत माग्ने चलन रहेको, केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउछन् । येँया जात्राका अवसरमा हुने सांस्कृतिक तथा सामाजिक गतिविधिमा मानन्धरहरुको विभिन्न दायित्व छन् । यी दायित्वमध्ये यसिं ल्याउने, उठाउने, दागिंका दिन बौमता निकाल्ने, यसिं पतन गराउने जस्ता क्रियाकलाप मुख्य हुन् । 

यसिं लिन उनीहरु भक्तपुरको चित्तपोल पुग्नेछन् । केन्द्रीय मानन्धर संघबाट इन्द्रजात्राका लागि संयोजकका रुपमा प्रतिनिधित्व गर्ने सन्देश मानन्धर भन्छन्, विधिवत पूजा गरिसकेपछि आजै बेलुकी ०८ बजेर २७ मिनेटको साइतमा बृक्ष कटान हुनेछ । आज कटान गरिएको यसिं (लिङ्गो) गुठीयारहरुले भोलिदेखि तानेर ल्याउने छन् । यसलाई भोटाहिटीमा ल्याएर राखिनेछ । 

संघका सचिव मानन्धरका अनुसार भोटाहिटी पुग्नु अगाडि यंसिलाई स्वागत पूजा गर्ने चलन छ । यो तंलाछि मानन्धर गुथिका गुथियारहरुले गर्नेछन् । यसिं सहर प्रवेश गराउन साइत चाहिन्छ । यस बर्ष भदौ २६ गते बिहान १० बजेर ३२ मिनेटको साइतमा यसिंलाई नगर प्रवेश गराउने साइत छ । नगर प्रवेश गराइएको यसिं बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ । 

भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । यसअघि चस्वाँद्व मानन्धर सनागःगू खलः बा गुथियारले डोरीले यसिं कस्छन् । यसका लागि यसिं उठाउँदा कसिलो हुने उठाइ सकेपछि डोरी खुल्ने गरी बाँध्ने सिप चाहिन्छ । इन्द्रध्वज उत्थान भएपछि जात्रा औपचारिक रुपमा सुरु भएको मानिनेछ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । यसै वर्ष स्वर्गवास भएका व्यक्तिहरुको चीर शान्ति र मोक्षका लागि दागिं जाने चलन छ । यस दिन मानन्धर समुदायका ६ वटा गुथि मिलेर बौमत निकाल्छन् । यो धेरै बाँस जोडिएको करिब १ सय फिट लामो हुन्छ ।  

असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् । यसिं ढाल्ने जिम्मेवारी पनि मानन्धरहरुकै हो ।   

इन्द्रजात्राका अवसरमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE