Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सरुवा हुन नमानेपछि भ्रमण रोकेका हौंः मन्त्री गुप्ता

खबरडबली संवाददाता

काठमाडौं। सरकारले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वाग्रही ढंगले उपसचिव उर्मिला काफ्लेको भ्रमण रद्द गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ मागेकी छिन् ।

बिहीबार बसेको राज्य व्यवस्था समिति बैठकमा राईले राजनीतिक प्रतिशोध राखेर कर्मचारीमाथि डन्डा चलाइएको दाबी गरेकी थिइन् । समितिमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले आफूले काफ्लेको भ्रमण रोकेको स्वीकार गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई ४÷५ दिनदेखि बोलाउँदा पनि मन्त्रालयमा नआएको उनको दाबी छ ।

काफ्लेले जीतपुरसिमराबाट पायक पर्ने ठाउँमा सरुवा गर्छौं भन्दा पनि नसुनेको मन्त्री गुप्ताले बताए । काठमाडौं बसेर पनि मन्त्रालयलाई नटेरेको भन्दै उनले भने, ‘हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने भनेर एलाभेन्थ आवरमा मैले रोकेको हुँ ।’

मन्त्री गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका थिए । काफ्लेसहित १२ जना कर्मचारी ‘पब्लिक फिनान्सियल म्यानेजम्येन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुप्ताले नै विदेश जान रोक्ने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद् बैठकमै प्रधामनन्त्री केपी शर्मा ओलीले विदेश जाने सरकारी टोलीमा महिला कर्मचारीलाई बढी प्राथमिकता दिन र कम्तीमा एक जना भए पनि सहभागी गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका थिए। तर, मन्त्री गुप्ताले ‘एक्सपिरिन्सियल लर्निङरट्रेनिङ भिजिट’मा जाने तय भइसकेको महिला कर्मचारीको मनोनयन कारण समेत नखुलाई रद्द गरेका छन् ।

यूएसएडले १७ जुलाई २०२४ मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो। मन्त्रालयले ६ साउनमा उनलाई मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो । त्यतिबेला गुप्ता मन्त्री भएर आइसकेका थिए ।

मन्त्री गुप्ताले संसदीय समितिमा मन्त्रालयलाई नटेरकाले भ्रमण रद्द गरेको जवाफ दिएपछि सांसद राईले जीतपुरसिमरा नगरपालिकामा रहेको राजनीतिक विवादबीचमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयरप्रति कर्मचारी उत्तरदायी भएको आधारमा गरिएको भ्रमण रोक्ने निर्णय पूर्वाग्राही नै भएको बताइन् । उनले आगामी दिनमा यस्तो गतिविधि नदोहोर्‍याउन मन्त्री गुप्तालाई सचेत गराइन् ।

गत ३ साउनमा मन्त्री गुप्ताले एमाले जनप्रतिनिधिको दबाबमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गराएर चेतकुमार पोखरेललाई नै जीतपुरसिमरामा खटाएका थिए । तर, हाजीर भएको २ महिना नपुग्दै सुरुवा गरिएको भन्दै काफ्लेले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चले ११ साउनमा सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

काफ्लेको सरुवा गराएर वन मुद्दा खेपिरहेका चेतकुमार पोखरेललाई जीतपुरसिमरामा पठाउने प्रयास असफल भएपछि मन्त्री गुप्ताले काफ्लेको स्वीकृत भइसकेको अमेरिका भ्रमण नै रोकिदिएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending