काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान कब्जा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार उक्त विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरिएको हो ।
फाल्कन ९०० EX विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको हो । यसलाई फ्लोरिडामा लगिएको छ । यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन । ट्र्याकिंग डाटाले विमान राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट उडानपछि सोमबार फ्लोरिडा पुगेको थियो।
भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई डकैती भनेको छ। एक विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षतिको क्षतिपूर्तिको लागि कानूनी कारबाही गर्ने अधिकार रहेको बताएको छ। अमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन्।
उनीहरुले भनेका छन्,’मदुरोसँग सम्बन्धित व्यक्तिहरूले सन् २००२–२०२३ को बीचमा अवैध विमान खरिदका लागि क्यारेबियन शेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ। विमान किनेको कम्पनी फ्लोरिडाको हो ।’
यो विमान अप्रिल २०२३ मा भेनेजुएला ल्याइएको थियो। यता मदुरोले जुलाईमा फेरि आम चुनाव जित्दा पश्चिमी देशहरूसँग तनाव बढेको छ। अमेरिकाले यो चुनाव धाँधली भएको बताएको छ । अमेरिकी संघीय एजेन्सीहरूले मदुरोमाथि भ्रष्टाचारको आरोप लगाएको यो पहिलो पटक होइन।
सन् २०२० मा अमेरिकी न्याय विभागले मादुरो र १४ अन्य अधिकारीहरूलाई लागूपदार्थ(आतंकवाद, भ्रष्टाचार र लागूपदार्थको तस्करीको आरोप लगाएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले मादुरोलाई पक्राउ गरी सजाय दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...
आषाढ़ ३० गते, २०८३ - ०७:२३
काठमाडौं । अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। जोखि...
आषाढ़ ३० गते, २०८३ - ०७:१६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा रहेको हेंवा खोलाको माझीटार क्षेत्रमा बाढी र कटानबाट जोखिममा परेको बस्ती जोगाउन तटबन्ध ...
आषाढ़ ३० गते, २०८३ - ०७:१४
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । जल तथा मौसम विज्ञा...
आषाढ़ २९ गते, २०८३ - २०:०७
काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...
आषाढ़ २९ गते, २०८३ - १९:०९
काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...
आषाढ़ २९ गते, २०८३ - १८:२८
सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक
आषाढ़ २९ गते, २०८३ - १८:१५
काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...
आषाढ़ २९ गते, २०८३ - १८:१२
काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...
आषाढ़ २९ गते, २०८३ - १८:१०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...



प्रतिकृया लेख्नुहोस्: