Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

दाङमा वडा अध्यक्षलाई गोलीले उडाइदिने धम्की !

खबरडबली संवाददाता

तुलसीपुर । विकास निर्माणको विषयलाई लिएर दाङको तुलसीपुरका – ६ का वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की आएको छ । तुलसीपुर उपमहानगरपालिका –६ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले आफू र वडा सदस्य यमराज केसीलाई भारतीय नम्बरबाट बारम्बार ज्यान मार्ने धम्की आएको बताए ।

गौरवको आयोजना अन्तर्गत तुलसीपुरको तरकारी बजारदेखि गाइडहर हुँदै बनकट्टी जोड्ने मदन आश्रित सडक निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर तुलसीपुर उपमहानगरपालिका –६ निवासी इलिजा (डाँगी) वली र निजका श्रीमान जागेश्वर वलीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भने ।

सडक कालोपत्रे गर्नका लागि अतिक्रमित संरचना हटाउने क्रममा वली दम्पतीको घरको पर्खाल भत्काएपछि उनले भारतीय आपराधिक गिरोह प्रयोग गरेको अध्यक्ष भण्डारीले बताए । साउन २९ र ३० गते डोजर लिएर गएका ३ सय उपभोक्ताले बाटोमा वलीको पर्खाल भत्काएपछि भदौ ३० गते बिहान देखि बारम्बार वडा सदस्य यमराज केसीलाई भारतीय ९१९०२८०१९९८१ लगायतका विभिन्न नम्बरबाट अध्यक्ष र सदस्यलाई गोलीले उडाउने, सुट गर्ने भन्दै छाडा रुपमा गालीगलौज गर्ने गरेका कारण परिवार समेत आतङ्कित र त्रसीत भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरीले चासो नदिएको गुनासो
पत्रकार सम्मेलनमा विकास निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर जनप्रतिनिधिलाई खुलेआम निरन्तर रुपमा ज्यान मार्ने धम्की आइरहँदा प्रहरी मौन बस्नुलाई गम्भिर आशङ्काको रुपमा लिएको, ६ नम्बार वडा कार्यालयले बताएको छ । आफूहरूको ज्यानको सुरक्षा सहित आपराधिक समूहसँग वली दम्पतीले गरेको कुराकानी, त्यसको अडियो, भिडियो, एसएमएस र फोन नम्बर लगायतका प्रमाण जुटाएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा भदौ २ गते र जिल्ला प्रहरी कार्यालय घोराहीमा भदौ ७ गते निवेदन पेश गर्दा पनि प्रहरीले अभियुक्तलाई बोलाएर सामान्य छलफल समेत नगर्नुले प्रहरी कसैको दबाब वा आर्थिक प्रभावमा छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको अध्यक्ष भण्डारीले बताए ।

‘जनप्रतिनिधिको यो अवस्था छ भने सामान्य जनताले के सहजै न्याय पाएका होलान् ? आज प्रहरी प्रति गम्भिर आशङ्का पैदा भएको छ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भने ।

के भन्छ प्रहरी ?
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेलले साइबर क्राइमको मुद्दा हाल्न आफूले सुझाव दिएको बताए । धम्की दिने व्यक्तिले टेलिफोन, ह्वाट्सएप र एसएम मार्फत वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की दिएकाले जसले धम्की दिएको छ, उसैको नाममा साइरबर क्राइम मुद्दा हाल्न सुझाव दिएको डीएसपी पोख्रेलले बताए ।

ज्यान मार्ने धम्की दिने समूहसँग वली दम्पतीको सिधा कनेक्सन रहेको प्रमाण सहित उजुरी दिँदा समेत तपाईँहरू किन पछि हटनु भएको ? भन्ने प्रश्नमा डीएसपी पोख्रेलले उपमहानगरले आफै न्यायिक समितिमा ल्याएर पनि छलफल गर्न सक्ने जवाफ दिए ।
यता जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले आफुहरुले बोलाए पनि वली दम्पित अदालतमा गका छौ भन्दै अनाकानी गरेकाले केहि ढिला भएको बताए । यद्यपी हिजो पुनः जनप्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालयमा आएपछि सिडियोको रोहबरमा आवश्यक कारबाहीका लागि तुलसीपुर प्रहरीलाई भनेको एसपी केसीले बताए ।

प्रहरी किन लामो बाटो सिकाउँछ: नगर प्रवक्ता वली
तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले प्रहरीले छोटो बाटो छोडेर किन लामो बाटो सिकाउँछ भन्नेमा आफुहरु आश्चार्य चकितमा परेको बताए ।

 ‘घटनासंग जोडिएका मुख्य व्यक्ती घरको ढोकामा छन, तर भारतमा रहेका मान्छेलाई मुद्दा हाल भनेर प्रहरी किन लामो बाटो सिकाउँ छ ? यो खोजिको विषय हो, नगर प्रवक्ता वलीले भने, ‘विवाद जहाँबाट सृजना भएको हो, त्यही व्यक्तिलाई बोलाएर प्रहरीले छलफल गर्ने हो भने सजिलै टुङ्गो लाग्छ तर प्रहरी यो पक्षमा छैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending