Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बागलुङमा अलैँची जोन बनाउने तयारी

खबरडबली संवाददाता

बागलुङ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ । 

परियोजनाले पहिलो चरणमा बागलुङको ३ सय हेक्टरबाट जोनको तयारी गरेको हो । अधिकतम पाँच सय हेक्टर क्षेत्रफल पुर्‍याउने लक्ष्यका लागि परियोजनाले पर्वतका केही क्षेत्रलाई पनि समेट्ने छ । बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट क्षेत्रमा व्यावसायिक अलैँची उत्पादन हुनेगर्छ । 

पर्वततर्फ मोदी गाउँपालिका र फलेबास नगरपालिकाको उत्पादनलाई पनि जोनमा समावेश गर्ने परियोजनाको लक्ष्य छ । “पहिलो चरणमा बागलुङकै तीन सय हेक्टरलाई जोनको रुपमा विकास गर्छौँ, त्यसपछि क्रमशः क्षेत्रफल थप्दै जाने हो”, परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत नारायण पौडेलले भने, “उत्पादन र बजारीकरण सुधार हुँदै गएकाले जोनको अवधारणामा पुग्यौँ । परियोजनाको सिफारिसमा मन्त्रीस्तरीय निर्णयपछि जोनको काम कार्यान्वयनमा आउने छ ।” हाल पकेट र ब्लकमा आवद्ध किसानको खेतबारीमा पुगेर अलैँची उत्पादन बढाउने भइरहेको छ । 

तत्कालीन कृषि विकास कार्यालयले सामान्य उत्पादन र बजारीकरणमा साथ दिएपनि हाल परियोजनामार्फत अलैँचीको क्षेत्र विस्तार भएको हो । पौडेलका अनुसार, हाल बागलुङबाट ३० मेट्रिकटन अलैँची विदेश निर्यात भइरहेको छ । त्यसबाहेक केही देशभित्रै बिक्री भएको हो । उत्पादनको ८० प्रतिशतबढी अलैँची निर्यात हुने गरेको हो । उपभोग गर्दा बागलुङमा हाल ४० मेट्रिक टनबढी अलैँची उत्पादन भइरहेको हो । 

झापाको विर्तामोडबाट आउने व्यापारीले गाउँबाट अलैँची सङ्कलन गरेर लैजाने गरेका हुन् । व्यापारी किसानको बारीमै आउँदा पनि प्रतिकेजी न्यूनतम एक हजार पाँच सयदेखि दुई हजार एकसयसम्म मूल्य तिरेका छन् । कतिपय किसानले त आफै बिक्री गरेर चार हजार प्रतिकेजीसम्म पार्ने गरेका हुन् ।

हिउँदमा लामो खडेरी पर्दा उत्पादनमा कमी हुने र केही रोग लाग्ने गरेका छन् । तर, ती समस्यालाई परियोजनाले तत्काल सम्बोधनको तयारी गरेको हो । कतिपय किसानले भने बजार कता पाइन्छ भनेर अन्यौल हुँदा क्षेत्र बढाउन नसकेको गुनासो गरेका छन् । परियोजनाको साथ र सल्लाह पाएमा उत्पादन बढाएर जाने गलकोट नगरपालिका–१ का किसान नेत्र बुढाथोकीले बताए । 

दुई वर्षअघि जैमिनीका किसानको बारीमा लगाएको अलैँची कुहिएको थियो । परियोजनाले तत्काल औषधि उपचार गराएपछि जोगाउन सकेका थिए ।  “जैमिनीमा मात्रै वर्षमा दुई सय ५० क्विन्टल अलैँची बिक्री हुने गरेको छ”, कृषि प्राविधिक प्रकृति शर्माले भनिन्, “बजारको सुनिश्चित गर्न सके अझै उत्पादन बढ्नेछ ।” बरेङका किसानले पनि अलैँचीको राम्रो उत्पादन लिएको स्थानीय यामबहादुर थापाले बताए । बरेङमा अलैँचीबाट मात्रै वर्षमा एकदेखि तीन लाखसम्म कमाउने किसान धेरै छन् । ताराखोला गाउँपालिकामा पनि झण्डै दुई सय हेक्टर बढीमा अलैँची लगाइएको छ । 

अलैँचीमा समस्या आयो भने तत्काल उपचार गरेमा क्षति न्यूनीकरण गर्न सकिने वरिष्ठ कृषि विकास अधिकृत पौडेलले बताए । अत्यधिक गर्मी बढ्ने र सिँचाइको अभाव भएका गानो मर्नेे गरेको हो । गत हिउँदमा लामो समय खडेरी लागेकाले त्यस्तो समस्या देखिएको हुनसक्ने भन्दै पौडेलले चालु आर्थिक वर्ष एक दर्जनभन्दा बढी सिँचाइका योजना पनि सञ्चालन गर्न बजेट व्यवस्था गरिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: