Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

हसिना भारतका लागि टाउको दुखाइ

खबरडबली संवाददाता

काठमाडौं । विद्यार्थीहरूको नेतृत्वको क्रान्तिका क्रममा हेलिकप्टरमा चढेर बङ्गलादेशबाट भागेको चार सातापछि पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो आतिथ्यताका लागि भारतमा कूटनीतिक टाउको दुखाइ बनेको विश्लेषकहरूले बताएका छन् ।

अधिकारहरूको हनन र विपक्षीमाथि कारबाहीको १५ वर्षपछि प्रदर्शनकारीहरू ढाकामा उनको निवासतर्फ अगाडि बढेपछि हसिनाको कठोर कार्यकाल गत महिना समाप्त भएको थियो ।विद्रोहको नेतृत्व गर्ने बङ्गलादेशी विद्यार्थीहरूले विद्रोहका क्रममा प्रदर्शनकारीहरूको हत्याका लागि उनीमाथि मुद्दा चलाउन उनको सबैभन्दा ठूलो सहयोगी भारतबाट फर्काउन माग गरिरहेका छन् ।

यद्यपि ७६ वर्षीया हसिनालाई फिर्ता पठाउँदा दक्षिण एसियामा आफ्ना अन्य छिमेकीहरूसँग भारतको अवस्था कमजोर बनाउने जोखिम छ । “भारत स्पष्ट रूपमा उहाँलाई बङ्गलादेशमा सुपुर्दगी गर्न चाहँदैन”, द्वन्द्व समाधान थिङ्क–ट्याङ्क इन्टरनेसनल क्राइसिस ग्रुपका थोमस किनले भने, “दिल्लीको नजिक रहेका यस क्षेत्रका अन्य नेताहरूलाई पठाउने सन्देश धेरै सकारात्मक हुँदैन, ताकि भारतले तपाईंको रक्षा गर्दैन ।”

राम्रो सम्बन्ध आवश्यक

नयाँदिल्लीले गत वर्ष माल्दिभ्समा आफ्नो मनपर्ने राष्ट्रपति पदका उम्मेदवारले प्रतिद्वन्द्वीसँग हारेको देखेको छ । हसिनाको पतनबाट भारतले यस क्षेत्रमा आफ्नो सबैभन्दा नजिकको सहयोगी गुमाएको छ ।

हसिनाको शासनमा पीडित बङ्गलादेशीहरू उहाँको सरकारद्वारा भएका दुर्व्यवहारका लािग खुलारूपमा भारतप्रति शत्रुतापूर्ण छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिनाको स्थान लिने सरकारलाई समर्थन दिने वाचा गरेका छन् । यद्यपि उनले युनुसको प्रशासनसँग बङ्गलादेशका हिन्दू धार्मिक अल्पसङ्ख्यकहरूको रक्षा गर्न आग्रह गरेका छन् ।

हसिनाको अवामी लिगलाई बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० को तुलनामा बङ्गलादेशका हिन्दू अल्पसङ्ख्यकहरूका लागि अधिक सुरक्षात्मक मानिन्छ ।

मोदीले १७औं शताब्दीको लालकिल्ला माथिबाट आफ्नो वार्षिक स्वतन्त्रता दिवसको सम्बोधनको प्रयोग गरी बङ्गलादेशी हिन्दूहरू खतरामा रहेको बताए र पछि यो मामिलालाई अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष उठाए ।

हसिनाको पलायनपछि भएका अराजकतामा केही बङ्गलादेशी हिन्दू र हिन्दू मन्दिरहरूलाई निशाना बनाइयो र यसको विद्यार्थी नेता र अन्तरिम सरकारले निन्दा गरे । तर, पछि सरकार समर्थक भारतीय समाचार च्यानलहरूले हिंसाको अतिरञ्जित विवरणहरू पेस गरेपछि मोदीको भारतीय जनता पार्टी ९भाजपा० सँग जोडिएका हिन्दू कार्यकर्ता समूहहरूले विरोध प्रदर्शन सुरु गरे ।

बिएनपीका शीर्ष नेता फखरुल इस्लाम आलमगिरले भारतले हसिनालाई समर्थन गरेर ‘आफ्नो सम्पूर्ण फल एउटै टोकरीमा राखेको’ र यसलाई कसरी उल्ट्याउने उसलाई थाहा नभएको बताए ।

हसिनाको कार्यकालमा गिरफ्तार गरिएका हजारौँ बिएनपी सदस्यमध्येका एक आलमगिरले भने, “बङ्गलादेशीहरू भारतसँग राम्रो सम्बन्ध चाहन्छन् तर आफ्नो स्वार्थको मूल्यमा होइन, दुर्भाग्यवश भारतको रवैया आत्मविश्वास पैदा गर्न अनुकूल छैन ।”

तानाशाहलाई आश्रय

अविश्वासको वातावरण कतिसम्म भयो भने अगस्टमा दुवै मुलुकमा विनाशकारी बाढी आउँदा केही बङ्गलादेशीले बाढीबाट भएका मृत्युहरूका लागि भारतलाई दोषी ठहर्‍याए ।

बङ्गलादेशको अन्तरिम सरकारले सार्वजनिक रूपमा नयाँदिल्लीसँग हसिनाले भारतमा शरण लिएको मुद्दालाई उठाएको छैन । हसिनाको अन्तिम आधिकारिक ठेगाना राजधानी नजिकै एक सैन्य विमानस्थल हो तर ढाकाले उनको कूटनीतिक राहदानी रद्द गरेको छ । यसले उहाँलाई अगाडिको भ्रमण गर्नबाट रोकेको छ ।

दुवै मुलुकबीच सन् २०१३ मा हस्ताक्षर गरिएको द्विपक्षीय प्रत्यर्पण सन्धि छ । सन्धिले आपराधिक मुद्दाको सामना गर्न फर्कन अनुमति दिन्छ । यद्यपि सन्धिको एक खण्डमा अपराध ‘राजनीतिक चरित्र’ को भए प्रत्यर्पण गर्न अस्वीकार गर्न सकिने व्यवस्था छ ।

बङ्गलादेशमा भारतका पूर्वराजदूत पिनाक रञ्जन चक्रवर्तीका अनुसार ढाकाका लागि द्विपक्षीय सम्बन्ध यति महत्त्वपूर्ण छ कि हसिनाको फिर्ताका लागि दबाब दिएर सम्बन्धमा तित्तता उत्पन्न हुनसक्छ ।

“कुनै पनि परिपक्व सरकारले हसिनालाई भारतमा रहनुलाई मुद्दा बनाएर उनीहरूलाई कुनै फाइदा हुनेछैन भन्ने महसुस गर्नेछ”, उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेवारिसे गाडी प्रकरणमा नेकपा नेता सरल सहयात्री पौडेलको आक्रोश, 'यो सालिन आतंक कसले सिर्जना गर्‍यो?'

काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...

बेवारिसे गाडी प्रकरण: पाँच स्थान, पाँच गाडी, एउटै रहस्य

काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending