काठमाडौँ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाको लडाकु विमान र युद्धपोत आफ्नो सिमानामा घुमिरहेको बताएको छ ।
ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ । तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए ।
चिनियाँ घुसपैठको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोतहरू तटीय सीमामा तैनाथ गरेको छ । साथै, क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको छ र स्थितिलाई नजिकबाट नियालिरहेको छ । जसका कारण दुई देशबीच तनाव बढेको छ । चिनियाँ सेनाले पछिल्ला महिनाहरूमा धेरै पटक ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको छ। सेप्टेम्बर २०२० पछि मात्र चीनले आफ्नो ग्रे जोन रणनीति प्रयोग गरिरहेको छ। यस अन्तर्गत चिनियाँ लडाकु विमान र युद्धपोतहरू ताइवानको सिमानामा घुमिरहेका छन् ।
ताइवानको आरोप-चीनको आक्रमण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि खतरा हो ।
गत हप्ता पनि चीनले ताइवानको सीमामा घुसपैठ गरेको थियो, त्यसपछि ताइवानको विदेश मन्त्रालयले चीनको आलोचना गर्दै अरु देशको सार्वभौमसत्ता र क्षेत्रीय शान्तिको हनन गरेको आरोप लगाएको थियो । चीनका विमानहरूले हालै जापानको हवाई क्षेत्र पनि उल्लङ्घन गरेका छन् ।
ताइवानले पूर्वी चीन सागरमा चीनले निरन्तर युद्धाभ्यास गरेर यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । ताइवानले चीनको आक्रमण सम्पूर्ण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि ठूलो खतरा भएको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १७:२६
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...
माघ १२ गते, २०८२ - १६:५९
विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...
माघ १२ गते, २०८२ - १६:३९
रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने
माघ १२ गते, २०८२ - १६:३२
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...
माघ १२ गते, २०८२ - १६:२१
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...
माघ १२ गते, २०८२ - १६:१३
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...
माघ १२ गते, २०८२ - १६:०५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...
माघ १२ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...




प्रतिकृया लेख्नुहोस्: