Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कांग्रेस बैठक: महासमितिमा प्रस्ताव गरिएका प्रतिवेदनहरू परिमार्जनसहित पारित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको गएको फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकले परिमार्जनसहित पारित गरेको छ । साउन २३ गतेदेखि आज (आइतबार)सम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

‘महामन्त्रीद्वय र उपसभापतिले प्रस्ताव राख्नुभएको थियो । परिमार्जन गरेर पास गर्न महासमितिले अनुमति दिएको थियो । आज संशोधनसहित पारित भयो‚’ उनले भने । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बैठकमा हस्ताक्षर संकलन गरिएको हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषय केन्द्रीय समिति बैठकको निर्णयमा लेखिनुपर्ने भन्दै लफडा बनेकाे थियाे । बैठकको निर्णयमा हिन्दु राज्यको विषयमा उल्लेख गर्नुपर्ने माग गरे । केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरूले त्यत्रो दुख गरेको विषय निर्णयमा लेखिनुपर्ने भन्दै माग गरे । 

नभए नोट अफ डिसेन्ट लिने उनले चेतावनी दिए । भण्डारीलाई देवेन्द्रराज कँडेल‚ सिता देवकोटा लगायत केन्द्रीय सदस्यहरूले साथ दिएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न पार्टी सहमहामन्त्री समेत रहेका पर्यटन मन्त्री बद्री पाण्डेलाई सुझाव दिएका थिए । 

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले स्रोत साधनको अभावमा काम गर्न नसकेको बताएका थिए । उनले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका थिए । आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको भन्दै कांग्रेस र एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्यांक निर्माण गर्न जरुरी रहेको उनले बताएका थिए । 

जवाफमा देउवाले प्रधानमन्त्री ओलीसँग गएर कुरा गर्न भने । ‘तपाईँ आफै बाठो चलाख मान्छे हुनुहुन्छ । गएर कुरा गर्नुहोस्‚’ देउवाले भनेका थिए‚‘सक्नुहुन्न भने छाडेर आउनुहोस् । अर्को गएर मन्त्री बन्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending