काठमाडाैं । एकीकृत समाजवादीले उपनिर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । महाधिवेशनपछि पार्टी कार्यालय आलोकनगरमा पहिलोपटक आइतबार बसेको स्थायी कमिटी बैठकले सम्पूर्ण ध्यान उपनिर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका रिक्त पदमा आगामी मंसिरमा उपनिर्वाचन गर्ने तयारी छ । उपनिर्वाचनका लागि एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपाध्यक्ष, उपमहासचिव र सचिव रहेको मूल कमिटी गठन गरेको छ । स्थायी समिति बैठकले प्रदेशगत तयारीका लागि कोशीमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशमा उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमतीमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकीमा सचिव श्रीनाथ बराल, लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिममा उपाध्यक्ष भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।
‘बैठकमा उपनिर्वाचनसम्बन्धी विषयमा छलफल भयो । महाधिवेशनले पारित गरेका दस्ताबेजका साथै केन्द्रीय कमिटीले गरेका निर्णय कार्यकर्ता र जनताबिच पुर्याउने निर्णय भएको छ । प्रदेश, जिल्ला हुँदै पालिकास्तरमा कमिटी निर्माण र प्रभावकारी ढंगले सञ्चालन गर्दै उपनिर्वाचनमा केन्द्रित हुने निर्णय भएको छ,’ सचिव बरालले भने ।
बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोग हेर्ने गरी वरिष्ठ उपाध्यक्ष पाण्डे र उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईलाई जिम्मा दिने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्म केन्द्रीय कार्यालय हेर्ने जिम्मा भट्टराईलाई दिइएको हो ।
उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्ने उपमहासचिव चौधरीले बताए । ‘हामी एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्दै छौँ । हाम्रो पार्टीको हैसियत उपनिर्वाचनमा देखिनेछ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: