Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एकीकृत समाजवादी उपनिर्वाचनमा केन्द्रित हुने

खबरडबली संवाददाता

काठमाडाैं । एकीकृत समाजवादीले उपनिर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । महाधिवेशनपछि पार्टी कार्यालय आलोकनगरमा पहिलोपटक आइतबार बसेको स्थायी कमिटी बैठकले सम्पूर्ण ध्यान उपनिर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका रिक्त पदमा आगामी मंसिरमा उपनिर्वाचन गर्ने तयारी छ । उपनिर्वाचनका लागि एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपाध्यक्ष, उपमहासचिव र सचिव रहेको मूल कमिटी गठन गरेको छ । स्थायी समिति बैठकले प्रदेशगत तयारीका लागि कोशीमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशमा उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमतीमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकीमा सचिव श्रीनाथ बराल, लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिममा उपाध्यक्ष भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ । 

‘बैठकमा उपनिर्वाचनसम्बन्धी विषयमा छलफल भयो । महाधिवेशनले पारित गरेका दस्ताबेजका साथै केन्द्रीय कमिटीले गरेका निर्णय कार्यकर्ता र जनताबिच पुर्याउने निर्णय भएको छ । प्रदेश, जिल्ला हुँदै पालिकास्तरमा कमिटी निर्माण र प्रभावकारी ढंगले सञ्चालन गर्दै उपनिर्वाचनमा केन्द्रित हुने निर्णय भएको छ,’ सचिव बरालले भने । 

बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोग हेर्ने गरी वरिष्ठ उपाध्यक्ष पाण्डे र उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईलाई जिम्मा दिने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्म केन्द्रीय कार्यालय हेर्ने जिम्मा भट्टराईलाई दिइएको हो । 

उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्ने उपमहासचिव चौधरीले बताए । ‘हामी एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्दै छौँ । हाम्रो पार्टीको हैसियत उपनिर्वाचनमा देखिनेछ,’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending