Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

रुसको सीमा क्षेत्र र राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण

खबरडबली संवाददाता

काठमाडौँ । युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त भएको बताएका छन् । 

स्थानीय अधिकारीहरुका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरु ध्वस्त भएका छन् । उनले भने, ‘हामीलाई निकै कम क्षति भएको छ । दुईवटा इन्धन स्टेशन र एउटा भवनमा मात्रै क्षति पुगेको छ ।' यद्यपी रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ । 

ड्रोनको उत्पादन बढ्दै गएपछि युक्रेनले पनि रुसमाथि आक्रमण बढाएको छ ।  यसअघि रुसले युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा पनि आक्रमण गरेको थियो, जसमा १४ वर्षीया बालिकाको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूले यो रुसी नियन्त्रित बम आक्रमण भएको बताएका छन् । 

यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए ।

पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई हटाएको केही घण्टापछि भएको हो । जेलेन्स्की आफैंले जान मिकोला ओलेस्चुकलाई आफ्नो पदबाट हटाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...

धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार

धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...

सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...

निर्वाचनको सुरक्षा रणनीतिबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...

इन्द्रसरोवर तालमा पानी बोक्ने गाडी खस्यो

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...

दोस्रो पटक ४९३ जनाले दिए निर्वाचन प्रहरीमा आवेदन

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुन: दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखा...

सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने

सल्यान। सल्यानमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । विद्युतको पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने स...

सुमो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भए...

महिला टी–२० विश्वकप छनोट: स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने दबाबबीच १४१ रनको लक्ष्य पाएको छ । टस हारेर पह...

मुस्ताङको २७ मतदानस्थलको अनुगमन निरीक्षण

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ ।  उपल्लो मुस्ताङको लो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending