Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बालेनको संयोजकत्वमा यातायात प्राधिकरण परिषद्को ‘स्टेरिङ कमिटी’

खबरडबली संवाददाता

काठमाडौं । ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍’ को कार्यलाई प्रभावकारी बनाउन ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ । परिषद्‍को दोस्रो बैठकले निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको हो ।

स्टेरिङ कमिटीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् ।

स्टेरिङ कमिटीमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ भने  परिषद्‍का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिवको रूपमा काम गर्ने निर्णय भएको छ ।

परिषद् सदस्यको संख्या भने ३५ जना रहेको छ ।

परिषद्को बजेट ९ करोड

परिषद्‍को दोस्रो बैठकले आर्थिक वर्ष २०८०र८१ को खर्च अनुमोदन गरेको छ ।  साथै आर्थिक वर्ष २०८१र८२ का लागि ९ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सदस्य सचिव नेपालीका अनुसार विनियोजित बटेटबाट जीआईईस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्यांक संकलन, रुट पुनरावलोकन, सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी, अनुसन्धानमूलक कार्यक्रम सञ्चालन हुनेछन् ।

यस वर्ष काठमाडौं महानगरले ८ करोड र संघीय सरकारले १ करोड रुपैयाँ परिषद्‍लाई उपलब्ध गराएको नेपालीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको मौज्दात करिब ६२ लाख रुपैयाँ छ ।

गत वर्ष परिषद्‍ कोषलाई संघीय सरकारबाट १ करोड र काठमाडौँ महानगरबाट १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । परिषद्‍को पहिलो बैठक २८ भदौ २०८० मा बसेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending