काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहादुर थापा ले प्रतिपक्षको भूमिका सहर्ष स्वीकार गर्दै सरकारका कामकारबाहीमाथि कडा निगरानी राखिने बताएका हुन्।
उनका अनुसार एमालेले सदनभित्र मात्र होइन, सडक र अदालतका माध्यमबाट पनि जनताका मुद्दा उठाउने तयारी गरेको छ। तथापि, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठक मुख्यतः परिचय र बधाई साटासाटमा केन्द्रित रहने भएकाले अवरोध नगर्ने निर्णय गरिएको उनले जानकारी दिए।
“भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकाले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौं। सदन चल्न दिन्छौं, तर हाम्रा आवाज र प्रश्नहरू दृढतापूर्वक उठाउनेछौं,” थापाले भने।
बैठकले पक्राउ परेका पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक को गिरफ्तारीको विरोध गर्दै बिनासर्त रिहाइको माग गरेको छ। थापाले सरकारले प्रतिपक्षका नेतामाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरेको आरोप लगाए।
एमालेले उक्त विषयलाई संसदीय, सडक र न्यायिक तीनवटै मोर्चाबाट उठाउने निर्णय गरेको जनाएको छ। नेताद्वयको रिहाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने र सरकारमाथि दबाब बढाउने रणनीति पार्टीले तय गरेको थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...
चैत्र १८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै निर्वाचन क्षेत्रका समस्या प्रत्यक्ष रू...
चैत्र १८ गते, २०८२ - १९:४८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठक विरुद्ध दायर मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषाल को ...


प्रतिकृया लेख्नुहोस्: