Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

गुजरातमा भारी वर्षाका कारण नदीका गोही घरका छतमा

खबरडबली संवाददाता

काठमाडौं । गुजरातमा भारी वर्षा र बाढीको स्थितिबीच सेना र उद्धार टोली राहत कार्यमा जुटेका छन् । बिहीबार वायुसेनाको हेलिकप्टरको सहयोगमा द्वारकाको कल्याणपुरमा फसेका चार जनाको उद्धार गरिएको छ ।

बडोदराका तीन फरक ठाउँमा गोही देखिएका छन् । अकोटा क्षेत्रमा पानी भरिएपछि घरको छतमा गोही देखिएको छ । उता फतेहगञ्ज क्षेत्र नजिकै कामनाथ नगरमा १५ फिट लामो गोही देखियो । यहाँ एउटा गोही कालोनीको एक घरमा प्रवेश गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बडोदराको महाराजा सयाजीराव विश्वविद्यालय क्याम्पसमा देखिएको गोहीलाई वन विभागको टोलीले उद्धार गरेको छ । यसअघि बिहीबार बिहान गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए।

कुराकानीको जानकारी दिँदै भूपेन्द्र पटेलले एक्समा लेखे , “गुजरातमा विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ, प्रधानमन्त्री मोदीले आज बिहान मसँग टेलिफोनमा कुरा गरी अवस्थाबारे जानकारी लिनुभयो ।”

भूपेन्द्र पटेलले भने, “उहाँले राज्यका विभिन्न जिल्लाका प्रभावित मानिसहरूका लागि राहत उपायहरू बारे जान्नु भयो। बडोदराको विश्वामित्री नदीमा आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रभावित मानिसहरूलाई दिइँदै आएको राहत र सहयोगको विवरण माग्नु भयो।”

“प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रहरूमा सरसफाइ र सार्वजनिक स्वास्थ्य लगायतका विषयमा निर्देशन दिनुभयो र चाँडै सार्वजनिक जीवन पुनर्स्थापना गर्न केन्द्र सरकारबाट सबै सम्भव सहयोगको आश्वासन दिनुभयो।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा कहाँ कहाँ हुँदैछ मतगणना ?

काठमाडौँ  ।  प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्य...

दाङका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिस्कार

रुपन्देही ।  दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...

पूर्वप्रधानमन्त्री देउवा विदेशमा अन्य शीर्ष नेताहरूले गरे मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE