कालीकोट । कर्णाली राजमार्गमा भिषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । बुधबार दिउँसोबाट परेको भिषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ दहिखोला, गगनेखोलादेखि एस मोडसम्म भिषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
राजमार्ग बुधवार बेलुका ८ः०० बजेबाट अवरुद्ध भएको भएपनि प्रहरीलाई भने बिहिबार बिहान मात्र जानकारी भएको थियो । दैलेख जिल्लाको आठबिस नगरपालिका ५ खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका १ एस मोडसम्म झण्डै ९ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पुर्णरुपमा बन्द हुदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रुहरु पैदल हिँड्न बाध्य छन् ।
जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी साहयक निरिक्षक टोपवहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा स्काभेटर लगाएर पन्छाउने काम जारी रहेको बताए । आज र भोली मौसम थप सक्रिय नभएर यताको पहिरो पन्छाउन सकिएला तर ९ किलोमिटर पहिरो भएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिन बढी लाग्ने आफूले अनुमान गरेको बताए ।
"म लगायत प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सिमा दहिखोलासम्म पुग्दा सडकको अवस्था निकै दयनिय थियो । सानो योजनाले सडक खुल्दैन, उताबाट सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यलयले कामलाई तिब्रतामा दिएमा एक हप्तापछि सडक खुलाउन सकिन्छ", महताराको भने । गगनेखोलाको पहिरोले सडक पुरै बगाएकाले नयाँ सडकको ट्रयाक खोल्नु पर्नेछ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनिय बिर बहादुर जि टीले दहिखोलामा रहेको पक्कीपुल बगाएकाले धेरै क्षती पुगेको बताए । उनले अन्य प्राविधि थप्ने र चार जना जिम्मेवार प्राविधिक खटाएकाले चार दिन भित्र सकिन्छ की भन्ने प्रयासमा रहेको बताए । घटनास्थलमा खटिएका कर्मचारीसँग भर्खरै सम्पर्क भएकाले थप क्षतीको विवरण मागिरहेको र सुर्खेत कार्यलय सग पनि समन्वय भईरहेकाले दुवै तर्फबाट सडक खुलाउने काम हुने जि टीले बताए ।
एक हप्तासम्म सडक सुचारु नहुने भएपछि सबै भन्दा बढी समस्यामा बिरामी पर्ने भएका छन् । बिरामीलाई समेत नौ किलोमिटर सडकमा स्टेचरमा राखेर बोक्नु पर्ने भएको छ भने स्याउ व्यापारी पनि समस्यामा पर्ने भएका छन् । जुम्लादेखि स्याउ बोकेका गाडी अहिले कालीकोटको हुल्म बजारमा रोकिएका छन । एक हप्तासम्म स्याउ ट्रकभित्र रहँदा कुईने त्रास व्यापारीमा छ । पहिरोले राजमार्गको कालीकोट खण्ड प्रया बन्द हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: