Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पहिराेले अवरुद्ध बनेकाे कर्णाली राजमार्ग सडक खुल्न एक हप्ता लाग्ने

खबरडबली संवाददाता

कालीकोट । कर्णाली राजमार्गमा भिषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । बुधबार दिउँसोबाट परेको भिषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ दहिखोला, गगनेखोलादेखि एस मोडसम्म भिषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । 

राजमार्ग बुधवार बेलुका ८ः०० बजेबाट अवरुद्ध भएको भएपनि प्रहरीलाई भने बिहिबार बिहान मात्र जानकारी भएको थियो । दैलेख जिल्लाको आठबिस नगरपालिका ५ खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका १ एस मोडसम्म झण्डै ९ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पुर्णरुपमा बन्द हुदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रुहरु पैदल हिँड्न बाध्य छन् । 

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी साहयक निरिक्षक टोपवहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा स्काभेटर लगाएर पन्छाउने काम जारी रहेको बताए । आज र भोली मौसम थप सक्रिय नभएर यताको पहिरो पन्छाउन सकिएला तर ९ किलोमिटर पहिरो भएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिन बढी लाग्ने आफूले अनुमान गरेको बताए । 

"म लगायत प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सिमा दहिखोलासम्म पुग्दा सडकको अवस्था निकै दयनिय थियो । सानो योजनाले सडक खुल्दैन, उताबाट सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यलयले कामलाई तिब्रतामा दिएमा एक हप्तापछि सडक खुलाउन सकिन्छ", महताराको भने । गगनेखोलाको पहिरोले सडक पुरै बगाएकाले नयाँ सडकको ट्रयाक खोल्नु पर्नेछ । 

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनिय बिर बहादुर जि टीले दहिखोलामा रहेको पक्कीपुल बगाएकाले धेरै क्षती पुगेको बताए । उनले अन्य प्राविधि थप्ने र चार जना जिम्मेवार प्राविधिक खटाएकाले चार दिन भित्र सकिन्छ की भन्ने प्रयासमा रहेको बताए । घटनास्थलमा खटिएका कर्मचारीसँग भर्खरै सम्पर्क भएकाले थप क्षतीको विवरण मागिरहेको र सुर्खेत कार्यलय सग पनि समन्वय भईरहेकाले दुवै तर्फबाट सडक खुलाउने काम हुने जि टीले बताए । 

एक हप्तासम्म सडक सुचारु नहुने भएपछि सबै भन्दा बढी समस्यामा बिरामी पर्ने भएका छन् । बिरामीलाई समेत नौ किलोमिटर सडकमा स्टेचरमा राखेर बोक्नु पर्ने भएको छ भने स्याउ व्यापारी पनि समस्यामा पर्ने भएका छन् । जुम्लादेखि स्याउ बोकेका गाडी अहिले कालीकोटको हुल्म बजारमा रोकिएका छन । एक हप्तासम्म स्याउ ट्रकभित्र रहँदा कुईने त्रास व्यापारीमा छ । पहिरोले राजमार्गको कालीकोट खण्ड प्रया बन्द हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending