न्युयोर्क । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी’’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो’’ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।
न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा गाजाका युएनआरडब्लुएका प्रवक्ता लुइस वाटर्रिज र युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशक विसम रोजले भिडियो मार्फत पत्रकारलाई यस्तो जानकारी दिएको हो ।
यसै क्रममा वाटर्रिजले हरेक दिन लाखौँ मानिस सुरक्षित आश्रयको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य भइरहेको बताए ।
उनका अनुसार निकासी आदेशपछि गाजामा मानिसहरुले आफ्नो सामान सार्दैछन्, अधिकांश मानिसहरूलाई जबरजस्ती सारिएको छ भने विस्थापितका लागि सवारी साधनको सीमित पहुँच छ र उनीहरुलाई कहाँ जाने भन्ने पनि थाहा छैन ।
उनले खान युनूस र अल–मवासीमा इजरायलले घोषणा गरेको मानवीय क्षेत्रमा, बलौटे जमिनमा भीडभाड रहेको बताउँदै सुरक्षित क्षेत्र भनिएको यस क्षेत्रमा पनि सुरक्षित नरहेकोले मानिसलाई ज्यान जोगाउन सुरक्षित ठाउँ नभएको बताएको छन् ।
युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशकले हालैको निकासी आदेशले इजरायलको मानवीय क्षेत्रलाई सम्पूर्ण गाजापट्टीको ११ प्रतिशतमा मात्र कायम गरेको बताए ।
जहाँ मानिसहरू भेला भई बाँच्नका लागि प्रयास गर्ने बताउदै उनीहरु कैयौँ बाध्यताको बीच “असम्भव विकल्पहरू“ सामना गर्ने गरेको जानकारी उनले दिए।
उहाँले यस क्षेत्रमा पोलियो फैलिन सक्ने चेतावनी दिँदै कुपोषित बालबालिकामा विनाशकारी स्वास्थ्य क्षेत्र, दुषित पानी र सरसफाइको अवस्थाले उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको उल्लेख गरे।
अधिकारीले पोलियो खोप अभियानलाई सफल बनाउनका लागि निर्देशन दिइरहेको र अर्को शनिबारदेखि अभियान सुरु हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: