काठमाडाैं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे ।
आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प्रकृतिको सेरोफेरोमा मानिसको हेर्ने, पर्गेल्ने र अभिव्यक्त गर्ने तरिकाले नै कुनै कृति उत्कृष्ट वा मामुली भन्ने ट्याग लाग्ने हो भन्दै आफूलाई कार्यक्रममा सम्झेकोमा उनले आभार व्यक्त गरे ।
समालोचक लक्ष्मण गौतमले कृतिबारे परिचर्चा गर्दै मुक्तकको बाढी आएकोमा असन्तुष्टि व्यक्त गरे । 'उत्कर्ष हुँदै जाने र अन्तिम हरफले रहस्योद्घाटन गर्यो भने मात्र त्यो मुक्तक बन्छ जुन कुरा लघुकथाका सन्दर्भमा पनि हुबहु लागू हुन्छ ।' उनको भनाइ थियो । गौतमका अनुसार जसले लेख्ने पनि युग र परिवेश, समय र समाज हो । खालि फरक त पस्कने शैली मात्र हो । जता हेरे पनि असङ्गति देखिन्छ अनि त्यही कोर्छ त स्रष्टाले । उहाँले पनि तिनै असङ्गतिलाई पोख्नु भएको छ । 'शृङ्गारिक मुक्तक पनि छन् यहाँ जबकि उहाँको वय आठ दशकको सङ्घारमा छ । प्रेमका अनेक सन्दर्भ छन् यहाँ । कतिपय मुक्तक अत्यन्त भावपरक छन् । जीवन र जगत् लाई मुक्तकले सतही ढङ्गले हेरेका छैनन् बरू शाश्वत मूल्य बोक्छन् तिनले । कलात्मक मूल्यका दृष्टिले मुक्तकहरू अब्बल छन्', उनको कथन थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा चर्चित मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तककार तीर्थराज अधिकारीप्रति आभार व्यक्त गर्दै आजकलका मुक्तककार हिँड्न नजान्ने उड्न खोज्ने गरेको जिकिर गर्दै नवोदितहरूप्रति व्यङ्ग्य गरे । विदेशमा साहित्यानुरागीहरू खुब रूचिका साथ साहित्यिक कार्यक्रममा सरिक हुने बताउँदै तीर्थराजले अमेरिकामा मुक्तक प्रचारप्रसार गरेकोमा सन्तोष व्यक्त गरे ।
अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा मुक्तककार तीर्थराज अधिकारीले नेपाल मुक्तक प्रतिष्ठान र प्रमुख अतिथि यादव खरेललाई कार्यक्रमको सारा श्रेय दिए । आफ्नो कृति पढिदिन तमाम साहित्यकारहरूलाई आग्रह गर्दै उनले आफ्ना दुई मुक्तक वाचन गरे । अधिकारीलाई काव्य म्युजिक अवार्ड -२०८० हस्तान्तरण गरिएको थियो भने यादव खरेललाई मायाको चिनो अर्पण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अभ्यागत, आमन्त्रित साहित्यकार एवम् साहित्यानुरागीहरूलाई साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य दिव्य गिरीले स्वागत गरे । मुक्तककार यादव भट्टराईले सहजीकरण गरेको सो कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले बिट मार्दै सारा उपस्थित साहित्यकारहरूलाई मुक्तक रचना गर्न उत्प्रेरित गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८२ - १४:०८
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...
आषाढ़ ७ गते, २०८२ - १३:५६
पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...
आषाढ़ ७ गते, २०८२ - १३:५०
चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...
आषाढ़ ७ गते, २०८२ - ११:४३
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...
आषाढ़ ७ गते, २०८२ - ११:२३
काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
आषाढ़ ७ गते, २०८२ - ११:०१
झापा । चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भार...
आषाढ़ ७ गते, २०८२ - १०:५७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। खुमलट...
आषाढ़ ७ गते, २०८२ - १०:२०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथ...
प्रतिकृया लेख्नुहोस्: