काठमाडाैं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे ।
आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प्रकृतिको सेरोफेरोमा मानिसको हेर्ने, पर्गेल्ने र अभिव्यक्त गर्ने तरिकाले नै कुनै कृति उत्कृष्ट वा मामुली भन्ने ट्याग लाग्ने हो भन्दै आफूलाई कार्यक्रममा सम्झेकोमा उनले आभार व्यक्त गरे ।
समालोचक लक्ष्मण गौतमले कृतिबारे परिचर्चा गर्दै मुक्तकको बाढी आएकोमा असन्तुष्टि व्यक्त गरे । 'उत्कर्ष हुँदै जाने र अन्तिम हरफले रहस्योद्घाटन गर्यो भने मात्र त्यो मुक्तक बन्छ जुन कुरा लघुकथाका सन्दर्भमा पनि हुबहु लागू हुन्छ ।' उनको भनाइ थियो । गौतमका अनुसार जसले लेख्ने पनि युग र परिवेश, समय र समाज हो । खालि फरक त पस्कने शैली मात्र हो । जता हेरे पनि असङ्गति देखिन्छ अनि त्यही कोर्छ त स्रष्टाले । उहाँले पनि तिनै असङ्गतिलाई पोख्नु भएको छ । 'शृङ्गारिक मुक्तक पनि छन् यहाँ जबकि उहाँको वय आठ दशकको सङ्घारमा छ । प्रेमका अनेक सन्दर्भ छन् यहाँ । कतिपय मुक्तक अत्यन्त भावपरक छन् । जीवन र जगत् लाई मुक्तकले सतही ढङ्गले हेरेका छैनन् बरू शाश्वत मूल्य बोक्छन् तिनले । कलात्मक मूल्यका दृष्टिले मुक्तकहरू अब्बल छन्', उनको कथन थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा चर्चित मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तककार तीर्थराज अधिकारीप्रति आभार व्यक्त गर्दै आजकलका मुक्तककार हिँड्न नजान्ने उड्न खोज्ने गरेको जिकिर गर्दै नवोदितहरूप्रति व्यङ्ग्य गरे । विदेशमा साहित्यानुरागीहरू खुब रूचिका साथ साहित्यिक कार्यक्रममा सरिक हुने बताउँदै तीर्थराजले अमेरिकामा मुक्तक प्रचारप्रसार गरेकोमा सन्तोष व्यक्त गरे ।
अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा मुक्तककार तीर्थराज अधिकारीले नेपाल मुक्तक प्रतिष्ठान र प्रमुख अतिथि यादव खरेललाई कार्यक्रमको सारा श्रेय दिए । आफ्नो कृति पढिदिन तमाम साहित्यकारहरूलाई आग्रह गर्दै उनले आफ्ना दुई मुक्तक वाचन गरे । अधिकारीलाई काव्य म्युजिक अवार्ड -२०८० हस्तान्तरण गरिएको थियो भने यादव खरेललाई मायाको चिनो अर्पण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अभ्यागत, आमन्त्रित साहित्यकार एवम् साहित्यानुरागीहरूलाई साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य दिव्य गिरीले स्वागत गरे । मुक्तककार यादव भट्टराईले सहजीकरण गरेको सो कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले बिट मार्दै सारा उपस्थित साहित्यकारहरूलाई मुक्तक रचना गर्न उत्प्रेरित गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: