Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

जसपा नेपालकाे संगठन सुदृढीकरण चार महिने अभियानको सम्पूर्ण तयारी पुरा

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भदौ ९ गतेदेखि सुरु गर्न लागेको संगठन सुदृढीकरण चार महिने अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अभियानको काठमाडौंमा उद्घाटन गर्ने र त्यसपछि विधिवत रुपमा सातै प्रदेशमा सञ्चालन गरिने तय भएको कार्यकारिणी सदस्य मनिष सुमनले जानकारी दिए । 

काठमाडौंको कार्यक्रममा बागमती प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।  पछि अन्य प्रदेशहरुमा यस्तै एउटा एउटा कार्यक्रम गर्ने र स्थानीय तहसम्म नेता तथा कार्यकर्तालाई परिचालन गर्ने तयारी रहेको नेता सुमनले बताए । जसपा नेपालका प्रत्येक केन्द्रीय सदस्यलाई स्थानीय तहसम्म खटाइएको छ । 

सो पार्टीमा २१५ जना केन्द्रीय सदस्य छन् । नौ जनाका कार्यकारिणीबाहेक सबैलाई यो अभियानमा जिम्मेवारी तोकिएको जसपाले जनाएको छ । यस्तै केन्द्रीय सदस्यहरुलाई फरक फरक पालिका दिइएको छ । स्थानीय तहमा खटिने केन्द्रीय सदस्यलाई प्रदेश समिति र जिल्ला समितिले पनि सघाउने छ । कार्यक्रम कसरी सञ्चालन गर्नेलगायतका विषयमा तल्ला तहका समितिले सहयोग गर्नेछ । 

यो अभियानको मुख्य उद्देश्य नै संगठन विस्तार गर्ने हो । साधारण सदस्यदेखि लिएर क्रियाशिल सदस्यको संख्या बढाउने उद्देश्य अभियानबाट राखिएको छ । २०८४ सम्म पाँच लाख पार्टीका क्रियाशिल सदस्य पुर्याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठकमा बताएका थिए । 

सोही अनुरुप अभियानको अवधिमा धेरै भन्दा धेरै व्यक्तिलाई पार्टीमा ल्याउने, पार्टीको नीति सिद्धान्त र विचारबारे प्रशिक्षित गर्ने योजना बनाइएको नेता सुमनले बताए । सुमनका अनुसार सबै जना केन्द्रीय सदस्यलाई एउटा एउटा डायरी दिइने भएको छ । अभियानको अवधिमा आफूले गर्ने गतिविधिको बारेमा सो डायरीमा उल्लेख गर्ने र अभियान सकेपछि त्यो डायरी नै पार्टीलाई बुझाउनुपर्ने निर्णय पार्टीले गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE