मोरङ । वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावि बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् ।
तरकारी बजार ल्याउनु पूर्व बजार भाउ सोधेर मात्र बोरा खोल्ने किसान यति बेला आफ्नो तरकारीको मूल्य आफैँ निर्धारण गरिरहेको बताउँछन् । मोरङको रतुवामाई –३ महादेवाका तरकारी किसान यमलाल दासले भन्नुभयो, ‘‘दुई विगाहामा लगाएको तरकारीले राम्रो मूल्य पाएको छ ।’’
अहिले यमलालको परिवारका सबै सदस्य तरकारी बिक्री गरिरहेका छन्। अरु बेला थोकमा बिक्री गर्थे । साउन १५ यता आफैं बेचिरहेको दास बताउनुहुन्छ । दासको बारिमा अहिले भिन्डी, भान्टा, बोडी, करेला, लौका र खोर्सानी लगायतका तरकारी छन् ।
दासमा मात्र होइन, पथरीशनिश्चरे ६ केचनाका तरकारी उत्पादक इन्द्रजीत मण्डल पनि आफ्नो उत्पादन आफैँ बिक्री गरिरहेका छन्। भारतबाट तरकारी आउने क्रम कम हुनासाथ हाम्रो उत्पादनले राम्रो मूल्य पाउने बताए ।
‘‘पहिले ठूला व्यापारीलाई सोधेर आफ्नो तरकारीको मूल्य निर्धारण हुन्थ्यो । अहिले आफ्नो तरकारीको मूल्य आफैँ तोकेर बेचिरहेका छौं ।’’ उनले भने, ‘‘ अघिल्लो बजारमा प्रति केजी ५० रुपियाँ बिक्री गरेको भिन्डी मङ्गलबारको हाटमा ८० रुपियाँ केजीले बिक्री भयो ।’
रतुवामाई –५ कोइलीडाँगीका मनोज दासले भने, ‘१० कट्ठामा पिडालु लगाएको छु । अघिल्लो साता ८० रुपियाँ किलो बिक्री गरेको पिडालु मङ्गलबार सय रुपियाँ किलो बिक्री भयो ।’ उहाँले पिडालुसँगै झिगनी, घिरौलालगायतका तरकारी लगाउनुभएको छ । यही मूल्यमा तरकारी बिक्री गर्न पाए १० कट्ठाबाट एक लाख ५० हजारको तरकारी बिक्री हुने दासको भनाइ छ ।
सामान्यता पूर्वमा साउन तेस्रो सातादेखि भदौभर तरकारीको मूल्य वृद्धि हुने गर्छ । तर पहाडमा ग्रामीण सडक सञ्जाल नबिग्रीदा तरकारीको मूल्य खासै नबढ्ने तरकारी व्यापारीहरू बताउँछन् ।
साउन २० गतेसम्म प्रति केजी ५०/५५ रुपियाँ खुद्रा मूल्यमा पाइने टमाटरको मूल्य केजीको १२० पुगेको छ । ४० रुपियाँ केजीको भिन्डीको मूल्य ८० रुपियाँ पुगेको छ । यस्तै, ६० रुपियाँ प्रति केजीको प्याज एक सय रुपियाँ पुगेको छ ।
यस्तै, लसुन ४ सय रुपियाँ किलो पुगेको छ । लसुन साता अघि २५० रुपियाँदेखि तीन सयमा बिक्री हुँदै आएको व्यापारी अनुप साहले बताउनुभयो । आलुको मूल्य समेत किलो मै ४० रुपियाँ बढेको छ । साउन तेस्रो साता ४० रुपियाँ किलोको नयाँ पहाडे नेपाली आलु मङ्गलबार ८० रुपियाँमा बिक्री भएको थोक बिक्रेता रमेश साहले बताउनुभयो ।
बजारको सबैभन्दा सस्तो मूल्यको तरकारी स्कुसको मूल्य भने घटेको छ । ६० रुपियाँ प्रति किलोमा बिक्री भएको स्कुल मङ्गलबार ४० रुपियाँमा बिक्री भयो । साउन अन्तिममा ३० रुपियाँमा बिक्री भएको निगुरो अहिले ५० रुपियाँ मुठ्ठामा बिक्री भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: