रुकुमपूर्व। जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुनपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।
स्वास्थ्य बिमा नहुँदा औषधी उपचारका लागि पैसा तिरिरहनुपर्छ । तर स्वास्थ्य बिमा गरेपछि बिमा गर्दा मात्र पैसा लाग्ने गर्दछ । त्यस पछि एक लाख रुपियाँ बराबरको औषधी, उपाचार गर्न पाउने भएपछि नागरिक स्वास्थ्य बिमा गर्नेको सङ्ख्या थपिँदै गएको हो ।
सुरुसुरुमा स्वास्थ्य बिमा बनाउन मन नगर्नेहरू पछिल्लो समय आफूले पनि बिमा गर्ने र अरूलाई पनि बिमा गराउन सुझाव दिइरहेका छन् । २०७४ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । त्यसदेखि यता १० हजार दुई सय ७९ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला पाँच हजार पाँच सय २७ जना छन् भने पुरुष चार हजार सात सय ५२ जना रहेका छन् ।
वर्षपिच्छे स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी सपना पुनले बताए। भूमे गाउँपालिकामा चार हजार पाँच सय २८ जना, सिस्ने गाउँपालिकामा तीन हजार ६८ जना र पुथाउत्तरगङ्गा गाउँपालिकामा दुई हजार ६ सय ८३ जनाले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी पुनले जानकारी दिनुभयो । यो सङ्ख्यालाई अझै बढाउने गरी स्थानीय तहसँगै र विभिन्न सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको पुनको भनाइ छ ।
बिमा गर्दा र अर्को वर्ष नवीकरण गर्दा पाँच जनाको परिवार सङ्ख्या भएको घरपरिवारले तीन हजार पाँच सय रुपियाँ तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्यले सात सय रुपियाँ थपेर बिमा गर्नुपर्ने प्रावधान छ । पाँच सदस्यीय घरपरिवार भएकाले वर्षभरी एक लाख रुपियाँ बराबरको औषधी, उपाचारको सुविधा पाउने गरेको पुनले बताए। यसैगरी, पाँच जनाभन्दा बढि सदस्य भएका घरपरिवारले प्रति सदस्य बराबरको २० हजार रुपियाँ थप सुविधा पाउने गरेको पुनले जानकारी दिए। साथै ‘क’ वर्गको अपाङ्ग, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोगी, क्षयरोग, एचआइभी सङ्क्रमित बिरामी लगायतले भने निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रावधान रहेको समेत पुनले बताए।
त्यस्तै, महिला स्वास्थ्य स्वयमसेविका र निजका परिवारलाई बिमा शुल्कको आधा छुट व्यवस्था छ । सस्तोमै औषधी, उपाचार र सरकारले तोकेको लक्षित वर्गलाई निःशुल्क बिमा गरिदिने व्यवस्था थाहा पाउन थालेपछि स्वास्थ्य बिमा गर्नहरू बढि रहेको दर्ता अधिकृत पुनले बताए।
साथै जिल्ला स्थित स्थानीय सरकारले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्दै आएका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाले सहिद परिवार, घाइते, अपाङ्ग, दीर्घरोगी, विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दिराखेको छ । जिल्लामा रुकुमपूर्व अस्पताल रुकुमपूर्वबाट बिमा गरेकाले सेवा लिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: