Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

तुर्कीमिनिस्तानको संसद्मा चल्यो मारपिट, ३ विपक्षी नेता घाइते

खबरडबली संवाददाता

काठमाडौं ।  तुर्कीको संसद्मा शुक्रबार जमेर मारपिट भएको छ । सांसदहरूले एकअर्कामाथि लात्ती र मुक्का बर्साएका छन् । यो मारपिट करिब ३० मिनेटसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मारपिटमा ३ विपक्षी सांसद घाइते भएका छन् । भिडियो फुटेजहरुमा सभामुखको पोडियमको सिँढीहरूमा रगतका छिटाहरू पनि देखिएका छन्।

एक विपक्षी सांसदले तुर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि त्यस्तो मारपिट भएको हो । आतंकवादी भने लगतै एर्दोगानको जस्टिस एण्ड डेभलपमेन्ट पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि आक्रमण गरेका थिए ।

संसदमा लडाई बढ्दै गयो र सांसदहरूले एकअर्कामाथि मुक्का बर्साउन थाले। यस घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जेलमा थुनामा रहेका सांसदको विषयलाई लिएर विशेष भइरहेको बैठक भइरहेको थियो ।

यसमा सांसद कान अतालेका विषयमा लिएर छलफल चलिरहेको थियो। अतालेले २०१३ मा एर्दोगान सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए । जसमा धेरै हिंसा भएको थियो। त्यसपछि अतालेलाई गिरफ्तार गरिएको थियो।

अताले २०१३ देखि नै जेलमा छन्। उनलाई सन् २०२२ मा १८ वर्षको सजाय सुनाइएको थियो। गत वर्ष मेमा भएको चुनावमा अताले निर्वाचित भएका थिए। उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बनेका हुन्। यस पार्टीसँग संसदमा तीन सीट छन्। त्यसपछि एर्दोगानको पार्टीले एउटा विधेयक ल्याएर अतालेको संसद सदस्यता खारेज गराइदियो।

यस निर्णयविरुद्ध अदालतमा अपील गरिएको थियो। तुर्की सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाइ दिएको थियो। अताले फेरि सांसद बने। अदालतले सांसदको रूपमा उनको सबै अधिकारहरू पुनःस्थापना गरिदियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

९ बुँदे सहमतिपछि गणेश नेपाली प्रकरणमा सहमति, परिवारले शव बुझ्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending