Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दुई हप्तादेखि आरुघाट-लार्के भञ्ज्याङ सडक अवरुद्ध

खबरडबली संवाददाता

गाेरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध भएको छ । गत साउन १६ गते परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ खानीबेशीको खोलामा आएको भिषण बाढीले सडक बगाउँदा सो सडक अवरुद्ध भएको हो । 

धार्चे र चुमनुब्री गाउँपालिकाका अधिकांश स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याउदाँ उत्तरी गोरखा पुग्ने अधिकांश सवारीसाधान तथा पैदल यात्रीहरु लगायत उत्तरी भेगका आम नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत प्रभाव परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिए । 

खानी बेसी खोलामा आएको भिषण बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधनहरु खानीबेशीबाट उतै रोकिएर बसेका छन् भने गोरखा सदरमुकामदेखि काठमाडौं, पोखरा र चितवन जाने यात्रुहरु तथा सुत्केरी तथ बिरामीहरुलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था भएको प्रमुख प्रशासकिय अधिकृत सुनारले बताए । 

खानी बेसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । मुख्य सडक भएकाले सडक खुलाउन धार्चे गाउँपालिकाको सहयोगममा जेसिबी प्रयोग गरी अस्थाई सडक निर्माण गर्न कडा भुगोल चट्टान र भीर भएकाले पनि अहिले सम्म सडक सुचारु गर्न नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । 

बाढीले सडक अवरुद्ध भएपछि अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा सर्वसाधरणहरुलई सास्ती बेर्होनु परेको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, “अहिले त्यस सडक क्षेत्रमा अस्थाई बाटो निर्माण गर्न धार्चे गाउँपालिकाको पहलमा जेसिबी र ब्रोकर लगाएर कडा चट्टान फुटाउन नसक्दा सडक सुचारु हुन ढिला भएको हो ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE