Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

काठमाडौंका नदिहरुमा पानीको बहाव बढाउनेबारे उपप्रधानमन्त्री सिंह र विज्ञहरुबीच छलफल

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमति लगायतका नदिहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन् । 

सिंहले आज मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै बाग्मती, विष्णुमतिलगायतका नदिहरुमा सफा पानी बगाउन अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका बारेमा राय लिएका हुन् । 

सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदिहरुलाई पुनर्जीवन दिने, काठमाडौं उपत्याकालाई स्वच्छ र सफा  राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तिव्र पारेका छन् ।

‘नदिमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही  स्थानमा बोरिङ गरेर भएपनि नदिमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘ यसमा विज्ञहरुको सुझाव राम्रा सुझावहरु आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरु कार्यक्रमहरु के के गर्न सकिन्छ गरौंला ।’

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको बताए । सो क्रममा विज्ञहरुले सुख्खा याममा काठमार्डौंका नदिहरुमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ–आफ्नो राय राखेका थिए । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालिन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका थिए भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने बताएका थिए ।

पूर्व मन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदिमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल शुरु गर्नु सकारात्मक रहेको बताए । ‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उनले भने, ‘नदि सफाई, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा नागरिकलाई पनि सहभागि गराउनुपर्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending