ढाका । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो ।
अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ । ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।
दण्ड संहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञान लिएकोले अभियुक्तहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किएमा यही मुद्धाका कारण पक्राउ पर्न सक्ने छिन् । अन्य अभियुक्तहरुमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरुनोर रशीद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकार रहेका छन् ।
यसका साथै धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरू पनि मुद्दामा अभियुक्त रहेका बुझिएको छ । यसअघि मोहम्मदपुर निवासी अमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका थिए । हम्जा बोसिलामा कोटा सुधार आन्दोलनको समर्थनमा जुलुसका क्रममा प्रहरीको गोलीबाट मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन् । हम्जाले भने कि सैद घनिष्ठ मित्र नभए पनि बंगलादेशको नागरिकको रूपमा मुद्दा दायर गर्न स्वेच्छाले उजुरी दिएका हुन् । सैदको परिवार पञ्चगढको बोडा उप जिल्लामा बस्छ ।
कोटा सुधार आन्दोलनका क्रममा नागरिकको ज्यान गएको चर्को विरोधको सामना गर्दै अगस्ट ५ मा देश छोडेर भागेकी शेख हसिनाविरुद्धको यो पहिलो मुद्दा हो । सोमबार, युवा तथा खेलकुद सल्लाहकार आसिफ महमुदले कोटा सुधार आन्दोलनका पीडितहरूलाई बंगलादेशभर आक्रमणकारीहरू विरुद्ध मुद्दा दायर गर्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: