काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा उछाल आएको छ । पछिलो राजनीतिक घट्नाक्रम र चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लिइएको लचिलो व्यवस्थाले लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा हरियाली छाएको हो ।
शेयर बजार लगातार उकालो लाग्दा दैनिक कारोबार रकमले पनि नयाँ नयाँ उचाई चुमिरहेको छ । आज पनि दैनिक करोबार रकमले नयाँ रेकर्ड बनाएका छ । हिजो शेयर बजारकै इतिहासमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई आज तोड्दै आज २७ अर्ब बढीको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।
आज ७०.८१ अंकले बढेर २९३१ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २२ करोडको कारोबार भएको छ । शिवम् सिमेन्टको ९२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ८४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यज्योति लाइफ, हिमालयन लाइफ, जोशी हाइड्रो, रसुवागढी, स्वेत गंगा, शुभम पावर, भिजन लुम्बिनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी कम्पनीक ललगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै कुथली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: