Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यथास्थिती नभै परिवर्तन गर्ने चाहनाले मिहिन ढंगले छलफल गरेर कार्यक्रम सार्वजनिक गरेको भन्दै श्रोत सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताए । 

मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्यसुधार अघि बढाइने घोषणा गरेका मन्त्री पौडेलले आफ्नो योजनामा अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् । 

एकीकृत स्वास्थ्य प्रणाली

संघीय अस्पतालहरुमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनालागू गर्ने योजना पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सुनाए । 
समायोजनमा अटाउन नसकेका १ हजार बढी स्वास्थ्य जनशक्तिलाई को समायोजन नभएकोलाई जिम्मेवारी सहित व्यवस्थापन गर्ने मन्त्री पौडेलले घोषणा गरे । उनले सबैखाले नसर्ने रोगको परीक्षणलाई व्यापक बनाउने घोषणा गरे । 

चिकित्सकलाई कायदक्षताको आधारमा भत्ता, संघीय अस्पतालमा सेवा थप्ने घोषणा
परम्परागत पद्दती तोड्न आफूले समय लगाएर योजना ल्याएको भन्दै मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधारका लागि कार्यदक्षताका आधारमा चिकित्सक लाई भत्ता दिइने घोषणा गरे । उनले संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभ को व्यवस्था गरिने बताए । 

सातवटै प्रदेशमा मुटु उपचार, गंगालाल ५ सय शैय्यामा विस्तार

लामो योजना सार्वजनिक गरेका मन्त्री पौडेलले राजधानी काठमाडौंमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशिघ्र स्थापनाका लागि पहल गर्ने घोषणा गरे । उनले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ५ सय शैय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाए । शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एन्जियोप्लाष्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने घोषणा गरे । सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उनले बताए । 

मन्त्री पौडेलले औषधीको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधीको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने घोषणा गरे । 

वैदेशिक रोजगारीमा जानेको मृत्यु घटाउन रणनीति

वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमति स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले घोषणा गरे । उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने घोषणा गरे । 

निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रम

मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री पौडेलले घोषणा गरेको निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको छ । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गरे ।

‘प्रधानमन्त्रीको आश्वासनले श्रोत व्यवस्थापन हुने आशा’

मन्त्री पौडेलले सुन्दा नीति तथा कार्यक्रमजस्तो लागे पनि आफ्नो योजना कार्यान्वयन हुने विश्वास दिलाउँदै अहिले अभाव देखिएको श्रोतवृद्धिको योजना पनि सुनाए । उनले प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेटभन्दा श्रोत थप हुने विश्वास गरे ।

केहीमा श्रोत सुनिश्चित छैन, उनले भने, तर प्रधानमन्त्रीको आश्वासन, प्रदेश तथा दातृ निकायको सहयोगमा यसको व्यवस्थापन हुने आशा छ । मन्त्री पौडेलले जनस्वास्थ्यमा असर गर्ने केही क्षेत्रमा कर वृद्धि गरेर पनि श्रोत थप्न सकिने विश्वास व्यक्त गरे । आफूले घोषणा गरेका अल्पकालीन योजना तत्काल तथा दीर्घकालिन योजना क्रमैसँग कार्यान्वयनमा जाने उनले विश्वास व्यक्त गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending