Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यथास्थिती नभै परिवर्तन गर्ने चाहनाले मिहिन ढंगले छलफल गरेर कार्यक्रम सार्वजनिक गरेको भन्दै श्रोत सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताए । 

मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्यसुधार अघि बढाइने घोषणा गरेका मन्त्री पौडेलले आफ्नो योजनामा अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् । 

एकीकृत स्वास्थ्य प्रणाली

संघीय अस्पतालहरुमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनालागू गर्ने योजना पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सुनाए । 
समायोजनमा अटाउन नसकेका १ हजार बढी स्वास्थ्य जनशक्तिलाई को समायोजन नभएकोलाई जिम्मेवारी सहित व्यवस्थापन गर्ने मन्त्री पौडेलले घोषणा गरे । उनले सबैखाले नसर्ने रोगको परीक्षणलाई व्यापक बनाउने घोषणा गरे । 

चिकित्सकलाई कायदक्षताको आधारमा भत्ता, संघीय अस्पतालमा सेवा थप्ने घोषणा
परम्परागत पद्दती तोड्न आफूले समय लगाएर योजना ल्याएको भन्दै मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधारका लागि कार्यदक्षताका आधारमा चिकित्सक लाई भत्ता दिइने घोषणा गरे । उनले संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभ को व्यवस्था गरिने बताए । 

सातवटै प्रदेशमा मुटु उपचार, गंगालाल ५ सय शैय्यामा विस्तार

लामो योजना सार्वजनिक गरेका मन्त्री पौडेलले राजधानी काठमाडौंमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशिघ्र स्थापनाका लागि पहल गर्ने घोषणा गरे । उनले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ५ सय शैय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाए । शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एन्जियोप्लाष्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने घोषणा गरे । सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उनले बताए । 

मन्त्री पौडेलले औषधीको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधीको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने घोषणा गरे । 

वैदेशिक रोजगारीमा जानेको मृत्यु घटाउन रणनीति

वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमति स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले घोषणा गरे । उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने घोषणा गरे । 

निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रम

मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री पौडेलले घोषणा गरेको निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको छ । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गरे ।

‘प्रधानमन्त्रीको आश्वासनले श्रोत व्यवस्थापन हुने आशा’

मन्त्री पौडेलले सुन्दा नीति तथा कार्यक्रमजस्तो लागे पनि आफ्नो योजना कार्यान्वयन हुने विश्वास दिलाउँदै अहिले अभाव देखिएको श्रोतवृद्धिको योजना पनि सुनाए । उनले प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेटभन्दा श्रोत थप हुने विश्वास गरे ।

केहीमा श्रोत सुनिश्चित छैन, उनले भने, तर प्रधानमन्त्रीको आश्वासन, प्रदेश तथा दातृ निकायको सहयोगमा यसको व्यवस्थापन हुने आशा छ । मन्त्री पौडेलले जनस्वास्थ्यमा असर गर्ने केही क्षेत्रमा कर वृद्धि गरेर पनि श्रोत थप्न सकिने विश्वास व्यक्त गरे । आफूले घोषणा गरेका अल्पकालीन योजना तत्काल तथा दीर्घकालिन योजना क्रमैसँग कार्यान्वयनमा जाने उनले विश्वास व्यक्त गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending