काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको रकम बढाउनुपर्ने प्रस्ताव गरेको छ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो कार्ययोजना र प्राथमिकता सार्वजनिक गर्दै यस्तो प्रस्ताव गरेका हुन्। उनले हाल कायम स्वास्थ्य बीमाको उपचार खर्च १ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरेका छन्।
मन्त्री पौडेले बढाइएको स्वास्थ्य बीमा उपचार रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्न सकिने बताए। ‘आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्न सकिन्छ’, उनले भने।
आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान र स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीति र १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजना तयार पारेको पौडेलले बताएका छन्। ‘विज्ञ र सरोकारवालासँग परामर्श गरेर संकलित सुझावका आधारमा कार्ययोजना तयार पारिएको हो’, उनले भने, ‘स्वास्थ्य क्षेत्रको सुधारका लागि ई–मेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थियौँ यसरी संकलन गरेका सुझावका आधारमै प्राथमिकताका विषय तथा कार्ययोजना तयार पारिएको हो।’
मन्त्री पौडेलले राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताए। उनले उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने जानकारी दिए।
मन्त्री पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि प्रतिबद्धता गरेका छन्। ‘सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिनेछ’, उनले भने, ‘सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रममा दोहोरोपना हुन नदिने नीति अघि सारिनेछ र विद्यमान नीतिमा पुनरावलोकन गरिनेछ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: