काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको रकम बढाउनुपर्ने प्रस्ताव गरेको छ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो कार्ययोजना र प्राथमिकता सार्वजनिक गर्दै यस्तो प्रस्ताव गरेका हुन्। उनले हाल कायम स्वास्थ्य बीमाको उपचार खर्च १ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरेका छन्।
मन्त्री पौडेले बढाइएको स्वास्थ्य बीमा उपचार रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्न सकिने बताए। ‘आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्न सकिन्छ’, उनले भने।
आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान र स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीति र १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजना तयार पारेको पौडेलले बताएका छन्। ‘विज्ञ र सरोकारवालासँग परामर्श गरेर संकलित सुझावका आधारमा कार्ययोजना तयार पारिएको हो’, उनले भने, ‘स्वास्थ्य क्षेत्रको सुधारका लागि ई–मेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थियौँ यसरी संकलन गरेका सुझावका आधारमै प्राथमिकताका विषय तथा कार्ययोजना तयार पारिएको हो।’
मन्त्री पौडेलले राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताए। उनले उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने जानकारी दिए।
मन्त्री पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि प्रतिबद्धता गरेका छन्। ‘सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिनेछ’, उनले भने, ‘सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रममा दोहोरोपना हुन नदिने नीति अघि सारिनेछ र विद्यमान नीतिमा पुनरावलोकन गरिनेछ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: