Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रमुख विपक्षी मुभ फरवार्ड पार्टी विघटन

खबरडबली संवाददाता

थाइल्याण्ड। थाइल्याण्डको संवैधानिक अदालतले मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानिविरुद्धको कानुन संशोधन गर्ने प्रयासलाई संविधानको उल्लङ्घन गरेको ठहर गरेको छ ।

बुधवार न्यायाधीशहरूले सर्वसम्मतिले मूभ फर्वार्ड पार्टीलाई विघटन गर्ने र पार्टीको कार्यकारी बोर्डका ११ सदस्यहरूलाई १० वर्षका लागि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

शाही अपमान कानुन परिमार्जन गर्न पार्टीको अभियान देशको संवैधानिक राजतन्त्रलाई कमजोर पार्ने प्रयास मानिएको थियो । यसअघि विघटन भएको पार्टीको कार्यसमिति सदस्य रहेका ६ जना सांसदले अहिले सांसद पद गुमाएका छन् ।

जसमा पार्टीका पूर्वनेता पिता लिम्जारोनरात र चैथावत तुलाथनका साथै उपसभामुख पदिपत सुन्तिफाडा पनि छन्। आफ्नो अनुपस्थितिमा पनि समूहले राजनीतिक एजेण्डा जारी राख्ने निर्णय गरेपछि पिटाले नयाँ पार्टीको विवरण शुक्रबार सार्वजनिक गरिने बताए ।

देशको निर्वाचन आयोगले जनवरीमा सोही अदालतले शाही अपमान कानुनलाई खारेज वा परिमार्जन गर्ने कुनैपनि प्रयासलाई रोक्न पार्टीलाई आदेश दिएपछि मुभ फर्वार्ड पार्टीलाई विघटन गर्न संवैधानिक अदालतमा निवेदन दिएपछि विघटन भएको हो ।

फौजदारी संहिताको दफा ११२ ले राजा, रानी, उत्तराधिकारी वा राजाको मानहानि, अपमान वा धम्की दिने व्यक्तिलाई तीनदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । गत वर्ष थाइल्याण्डको आम चुनावमा राष्ट्रिय सभाको तल्लो सदनमा मुभ फर्वार्ड पार्टी सबैभन्दा ठुलो पार्टीको रूपमा उभिएको थियो । तर यसको प्रधानमन्त्री उम्मेदवार सांसदहरूको बहुमत प्राप्त गर्न असफल भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy