काठमाडौं । यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे नाच प्रदर्शनी बारे सोमबार थानकोटमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख अथित्यतामा आयोजीत कार्यक्रममा उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू,जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभगत श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ,बलराम थापा लगायतले संयुक्त रुपमा लाखे नाच महोत्सवको ब्यानर सार्वजनीक गरे ।योसँगै महोत्सवको औपचारिक प्रशारप्रसार सुरु भएको बताइएको छ । मेयर गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै स्थानमा देख्न,हेर्न पाइनुका साथै यसले सस्कृति जगर्नेमा समेत ठूलो टेवा पुर्याएको धारणा राखे । उनले युवा पुस्तामा पनि आफ्नो संस्कृति,परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताए ।
आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएको स्मरण गर्दै यसपाली ४५ जिल्लाबाट सहभागीता हुने दावी गरे । यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक संस्थाले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: