Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएः प्रचण्ड

फइल तस्विर
खबरडबली संवाददाता

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएर सरकार ढालेको बताएका छन् । माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । 

सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि ?,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो ।’

सरकार ढल्नको अर्को कारण बताउँदै उनले थपे, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको उनले बताए । 

आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे । ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भने । 

उनले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताए । ‘हामीले पाउने हक पनि दिएनन् भने हामी जमेर सङ्घर्ष गर्छौँ । भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभाबी सरुवा गरिएको छ । त्यसका विरुद्ध पनि हामी सङ्घर्ष गर्छौँ,’ पार्टी बैठकमा उनले भने, ‘हाम्रा पार्टीले जितेका १२२ वटा स्थानीय सरकारले नमुना काम गरेर जनतालाई देखाउँछौँ ।’

राजनीतिक परिस्थितिले माओवादी अहिले प्लसको अवस्थामा रहेको उनले सुनाए । संवैधानिक परिषद्मा काँग्रेस एमालेले एकलौटी गर्न नसक्ने, संविधान संशोधन गर्न राष्ट्रियसभामा उनीहरूको बहुमत नपुग्ने र त्यहाँ बहुमत पुर्‍याउन अझै डेढ वर्ष लाग्न सक्ने उनले बताए । त्यो समयावधि आफ्नो पार्टीको लागि प्लस पोइन्ट रहेको उनले बताए । दुवै छिमेकी राष्ट्रहरु पनि अहिलेको गठबन्धनसँग सशङ्कित रहेको उनले सुनाए । ‘अहिलेको सरकारप्रति दुवै छिमेकी देश खुसी छैनन् । यो त सात समुन्द्रपारीबाट बनेको सरकार हो भन्ने उनीहरूलाई शङ्का छ,’ प्रचण्डले भने । 

आफ्ना सांसदहरुले सरकारलाई सदनबाट पेल्दै गएको बताउँदै आगामी दिनमा त्यसलाई अझै सशक्त पारिने उनले बताए । ‘लेखा समितिबाट भ्रष्टाचारीलाई जोगाउन लागेका छन् । हामी आगामी दिनमा सदनमा अझै सशक्त ढङ्गले उत्रने छौँ,’ उनले भने । 

अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नटिक्ने बताए  । यो सरकार धेरै जानेवाला छैन । यद्यपि हामी सरकारमा जान कुनै हिसाबले प्रयास गर्दैनौँ । सरकार नै हामीलाई खोज्दै आउला कि भन्ने डर छ । तर, म अब प्रधानमन्त्री बन्दिनँ । उनीहरू फतक्क झर्नेवाला छन्,’ प्रचण्डले भने ।

उनले आफू ३५–३६ वर्षदेखि नेतृत्वमा रहेको र यो अवधिमा भएका सबै घटनाक्रमको बारेमा जानकार रहेको पनि बताए । उनले अझै लामो समय आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नरहेको तर, त्यो खालको टिम निर्माण नहुँदा अप्ठ्यारो भएको उनले बताए । 

‘३५–३६ वर्षदेखि म पार्टीको नेतृत्वमा छु । यो अवधिमा जे भयो म जानकार छु । म अध्यक्ष बनिराख्नु पर्ने कुनै मोह छैन । सबै छोडेर इतिहास लेख्न मन छ । तर, पार्टी अगाडि बढाउने त्यो टिम बनाउन पाए छोडिदिन्थेँ । तयारी नगरी छोड्दा पलायन भएको आरोप लाग्न सक्छ,’ उनले भने । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending