Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सिमलताल दुर्घटनाः छानबिन समितिले देखायो दुर्घटनाका यी ५ कारण

खबरडबली संवाददाता

काठमाडौं। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा नारायणीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा दुर्घटनाको कारण र यस्ता दुर्घटना कम गन सुझाव दिइएको छ ।

२८ असारको बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडकमाथिबाट आएको लेदो सहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा खसेका थिए । अझैसम्म पनि बस र ४१ यात्रु बेपत्ता छन् ।

यात्रुसहितका दुई वटा बस त्रिशुलीमा बेपत्ता भएपछि छानबिन गर्न बनेको समितिले दुर्घटनाको कारण औंल्याएको छ । समितिले औंल्याएका दुर्घटनाका विभिन्न कारणहरु मध्ये ५ वटा कारणलाई मुख्य मानेको छ ।

१. राजमार्गमाथिको ग्रामीण सडक

यो दुर्घटनाको मुख्य कारणको रुपमा मुग्लिन नारायणगढ सडकसँगै माथिल्लो क्षेत्रमा खनिएको ग्रामीण सडकलाई मानिएको छ । भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ तथा डिजाइन बिना सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ ग्रामीण सडक खनिएको र त्यसकै गेग्रान (डेब्रिज) बाढीले बगाएर ल्याएका कारण दुर्घटना भएको समितिले प्रतिवेदनमा औंल्याएको छ ।

ग्रामीण सडक खन्दा निस्केको माटो मुख्य राजमार्गभन्दा माथि नै छाडिएकाले बाढीले बगाएर राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ ।

‘सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कंक्रिटबाट मात्र सडक बनाउँदा अत्याधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यतिकै फ्याँकिएको पाइयो’, समितिले उल्लेख गरेको छ ।

२. ईआईए बिना सडक निर्माण

भरतपुर महानगरपालिकाले विस्तार गरेको उक्त ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना खनिएको समितिले बताएको छ । ‘ग्रामीण सडक खन्दा वातावरणीय पक्षलाई ध्यान दिइएको पाइएन’, समितिले प्रतिवेदनमा भनिएको छ । यसैमा कमजोर भूगोल अत्याधिक स्लोप हुँदा पनि लेदोसहितको बाढीले बस त्रिशुलीमा खसालेको प्रतिवेदनमा उल्लेख छ ।

३. बिना पर्खाल सडक निर्माण

ग्रामीण सडकमा टेवा दिने किसिमले कुनै पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गएको र पहिरोको माटो बाढीले राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ ।

टेवा पर्खाल नलगाएका कारण ग्रामीण सडक भासिएर लेदोको स्रोत बनेको, उक्त लेदो बग्दै सिन्दुरे खोल्सा हुँदै मुग्लिन नारायणगढ सडकमा झरेको देखिएको समितिका संयोजक रिजालले बताए ।

‘सिन्दुरे खोल्सामा केही वर्ष पहिला बनाइएको चेक ड्याम तथा ग्याबिन वालले भार थाम्न नसक्दा बाढी सँगै आएको ठूलो परिमाणको लेदो, गेग्रानले सडक क्रस गर्दै गरेका सवारी साधनलाई धकेलेर त्रिशूलीमा खसालेको देखिन्छ’ रिजालले भने ।

४. कल्भर्ट सफा नगर्दा सडक माथिबाट बग्यो लेदो

छानबिन समितिले सडक छेउबाट सिन्दुरे खोल्सीको पानी निकास हुने कल्भर्ट सफा नहुँदा सडकमाथिबाटै लेदो बगेको पनि औंल्याएको छ । ८ असारमा थुनिएको उक्त कल्भर्ट दुर्घटना हुने दिन २८ असारको बिहानसम्म पनि सफा नगरेको देखिएको समितिले उल्लेख गरेको छ ।

‘८ असारमा थुनिएको कल्भर्ट समयमै सफा नगर्दा माथिबाट झरेको डेब्रिज एकै पटक मूल सडकमा आई सडक अवरोधसमेत गरेको देखियो’, समितिले प्रतिवेदनमा भनेको छ ।

५. एकीकृत सूचना प्रणाली नहुँनु

सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्थाबारे सुरक्षा निकाय र बस चालकलाई थाहा नभएको पनि समितिले उल्लेख गरेको छ । यदि एकीकृत सूचना प्रणाली भए भए सडकको अवस्थाबारे सुरक्षा निकाय र चालकलाई हुने र दुर्घटनाको अवस्था नआउने समितिको भनाइ छ ।

त्यस्तै जोखिमपूर्ण सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले सुरक्षामा ख्याल नगरेको पाइएको प्रतिवेदनमा उल्लेख ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending