Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सिमलताल दुर्घटनाः छानबिन समितिले देखायो दुर्घटनाका यी ५ कारण

खबरडबली संवाददाता

काठमाडौं। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा नारायणीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा दुर्घटनाको कारण र यस्ता दुर्घटना कम गन सुझाव दिइएको छ ।

२८ असारको बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडकमाथिबाट आएको लेदो सहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा खसेका थिए । अझैसम्म पनि बस र ४१ यात्रु बेपत्ता छन् ।

यात्रुसहितका दुई वटा बस त्रिशुलीमा बेपत्ता भएपछि छानबिन गर्न बनेको समितिले दुर्घटनाको कारण औंल्याएको छ । समितिले औंल्याएका दुर्घटनाका विभिन्न कारणहरु मध्ये ५ वटा कारणलाई मुख्य मानेको छ ।

१. राजमार्गमाथिको ग्रामीण सडक

यो दुर्घटनाको मुख्य कारणको रुपमा मुग्लिन नारायणगढ सडकसँगै माथिल्लो क्षेत्रमा खनिएको ग्रामीण सडकलाई मानिएको छ । भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ तथा डिजाइन बिना सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ ग्रामीण सडक खनिएको र त्यसकै गेग्रान (डेब्रिज) बाढीले बगाएर ल्याएका कारण दुर्घटना भएको समितिले प्रतिवेदनमा औंल्याएको छ ।

ग्रामीण सडक खन्दा निस्केको माटो मुख्य राजमार्गभन्दा माथि नै छाडिएकाले बाढीले बगाएर राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ ।

‘सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा कार्य नगरी कंक्रिटबाट मात्र सडक बनाउँदा अत्याधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यतिकै फ्याँकिएको पाइयो’, समितिले उल्लेख गरेको छ ।

२. ईआईए बिना सडक निर्माण

भरतपुर महानगरपालिकाले विस्तार गरेको उक्त ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना खनिएको समितिले बताएको छ । ‘ग्रामीण सडक खन्दा वातावरणीय पक्षलाई ध्यान दिइएको पाइएन’, समितिले प्रतिवेदनमा भनिएको छ । यसैमा कमजोर भूगोल अत्याधिक स्लोप हुँदा पनि लेदोसहितको बाढीले बस त्रिशुलीमा खसालेको प्रतिवेदनमा उल्लेख छ ।

३. बिना पर्खाल सडक निर्माण

ग्रामीण सडकमा टेवा दिने किसिमले कुनै पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गएको र पहिरोको माटो बाढीले राजमार्गमा ल्याएको छानबिन समितिले बताएको छ ।

टेवा पर्खाल नलगाएका कारण ग्रामीण सडक भासिएर लेदोको स्रोत बनेको, उक्त लेदो बग्दै सिन्दुरे खोल्सा हुँदै मुग्लिन नारायणगढ सडकमा झरेको देखिएको समितिका संयोजक रिजालले बताए ।

‘सिन्दुरे खोल्सामा केही वर्ष पहिला बनाइएको चेक ड्याम तथा ग्याबिन वालले भार थाम्न नसक्दा बाढी सँगै आएको ठूलो परिमाणको लेदो, गेग्रानले सडक क्रस गर्दै गरेका सवारी साधनलाई धकेलेर त्रिशूलीमा खसालेको देखिन्छ’ रिजालले भने ।

४. कल्भर्ट सफा नगर्दा सडक माथिबाट बग्यो लेदो

छानबिन समितिले सडक छेउबाट सिन्दुरे खोल्सीको पानी निकास हुने कल्भर्ट सफा नहुँदा सडकमाथिबाटै लेदो बगेको पनि औंल्याएको छ । ८ असारमा थुनिएको उक्त कल्भर्ट दुर्घटना हुने दिन २८ असारको बिहानसम्म पनि सफा नगरेको देखिएको समितिले उल्लेख गरेको छ ।

‘८ असारमा थुनिएको कल्भर्ट समयमै सफा नगर्दा माथिबाट झरेको डेब्रिज एकै पटक मूल सडकमा आई सडक अवरोधसमेत गरेको देखियो’, समितिले प्रतिवेदनमा भनेको छ ।

५. एकीकृत सूचना प्रणाली नहुँनु

सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्थाबारे सुरक्षा निकाय र बस चालकलाई थाहा नभएको पनि समितिले उल्लेख गरेको छ । यदि एकीकृत सूचना प्रणाली भए भए सडकको अवस्थाबारे सुरक्षा निकाय र चालकलाई हुने र दुर्घटनाको अवस्था नआउने समितिको भनाइ छ ।

त्यस्तै जोखिमपूर्ण सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले सुरक्षामा ख्याल नगरेको पाइएको प्रतिवेदनमा उल्लेख ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending