काठमाडौं । मंगलबारदेखि देशभरि फेरि अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी २२ र २३ साउनमा देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको हो ।
अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको मनसुन न्यूनचापीय रेखा मंगलबारबाट नेपाल नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ। न्यूनचापीय रेखा नेपालतिर सरेसँगै वायुको चापका कारण जलवाष्प बोकेका बादल नेपालतिर सोहरिन्छन्, जसले गर्दा पानी पर्छ।
विभागले ३५ जिल्लामा अत्यधिक पानी पर्न सक्ने भएकाले जोखिमको सम्भावना औंल्याएको छ । ती जिल्लामा प्रतिकार्यका लागि तयार रहन भनिएको छ।
ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोर्खा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा अत्यधिक पानी पर्ने जोखिम छ।
मंगलबार र बुधबार देशभरिको आकाशमा साधारणतयादेखि पूर्णतया बादलले ढाकेर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
यस अवधिमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको विभागले जनाएको छ । विभागले ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सुझाव दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: