सुर्खेत । बाँचुन्जेल अर्कैको जग्गामा बसेर ज्याला मजदुरी गरेर जीवन चलाइरहेका वीरेन्द्रनगर नगरपालिका–९ का चन्द्र कामी परिवार लिएर यही साउनको पहिलो साता भारत गए । गुजारा चलाउन धौधौ भएपछि चन्द्रको श्रीमान्श्रीमती भारत गएका थिए । उनीहरु भारत गएको तीन दिनमै चन्द्रको श्रीमती गोमा कामीको अचानक मृत्यु भयो।
शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शव भारतमै अन्त्येष्टि गरे । किरिया गर्न भने उनी फर्केर वीरेन्द्रनगरमै आए । तर, यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकीको जग्गामा त्रिपाल हालेर किरिया बसेका छन् ।
चन्द्र आफ्नो २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा उनीहरूले निकै सकस व्यहोर्नुपरेको छ । बसाइमात्र होइन, छाक टार्न पनि कामी परिवारलाई धौधौ भएको छ।
दश दिनअघि ज्याला मजदुरीका लागि भन्दै चन्द्रका श्रीमान्श्रीमती भारतको चण्डीगढ पुगेका थिए । त्यहाँ ढुंगा बोक्ने काम शुरू गरेको दुई दिनमै पाँच दिनअघि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्र पीडाले विक्षिप्त बनेका छन् । चन्द्रको पुरानो घर जाजरकोट हो । सानैमा आमाबुबा गुमाएर सम्पत्ति कमाउन नसके पनि श्रीमती र छोराछोरीको मायाले बाँचेको भन्दै उनले श्रीमतीको पनि मृत्यु भएपछि आफूमा झन् चिन्ता थपिएको बताए ।
यहाँको ज्याला मजदुरीले छाक टार्न मुस्किल भएपछि भारत पुगेको भन्दै उनले त्यहाँ पनि दशा लागेर श्रीमतीको मृत्यु भएको उल्लेख गरे । सँगै काम गरेर फर्किएकी श्रीमतीको सुतेकै अवस्थामा मृत्यु भएपछि शव घर ल्याउने पैसासमेत नभएपछि उतै दाहसंस्कार गरेर आफू सुर्खेत फर्किएको भन्दै उनले यहाँ पनि त्रिपालमै पसेर किरिया गर्नुपरेको बताए।
ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका चन्द्रका एक छोरा र एक छोरी छन्। किरिया बसेका २६ वर्षीय छोरा मेघराज ट्याक्टर चलाउने काम गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न नसक्ने भएका छन् । छोरी सानै भएकाले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता चन्द्रलाई छ।
ज्याला मजदुरी गरेर छाक टार्नै मुस्किल हुने चन्द्रको परिवारको बासको टुंगो छैन । छिमेकीले दुःख देखेर जग्गामा कटेरो बनाएर बस्न दिए पनि त्यो पनि अहिले भत्किसकेको छ । कटेरो भत्किएपछि बनाउने अवस्था नहुँदा चन्द्रका श्रीमान्श्रीमती कमाउनका लागि भारत पुगेका थिए । १३ दिने किरिया त्रिपालमा गरिरहँदा आकाशबाट परेको पानीले झन् चिन्ता थपिएको उनले बताए । छाक टार्ने खाद्यान्नसमेत नहुँदा सो परिवारले सहयोगको अपेक्षा गरेको छ।
५२ वर्षीय चन्द्रलाई सानैदेखि पालनपोषण गरेकी फुपू जलधारा सुनारले चन्द्रको परिवारलाई पालन गर्न गाह्रो हुने भएकोले मनकारी सहयोगीहरूलाई सहयोग गर्न आग्रह गरेकी छन् । श्रीमान्श्रीमती हुँदा दुःख गरेर कमाएर जीवन चलाए पनि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्रलाई जीवन चलाउन कठिन भएको उनले बताइन् । छिमेकीहरूले एक दुई छाक चामल सहयोग गरेको भन्दै उहाँले किरिया सकिएपछि सबैले सहयोग गरिदिन उनले आग्रह गरेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: