सुर्खेत । बाँचुन्जेल अर्कैको जग्गामा बसेर ज्याला मजदुरी गरेर जीवन चलाइरहेका वीरेन्द्रनगर नगरपालिका–९ का चन्द्र कामी परिवार लिएर यही साउनको पहिलो साता भारत गए । गुजारा चलाउन धौधौ भएपछि चन्द्रको श्रीमान्श्रीमती भारत गएका थिए । उनीहरु भारत गएको तीन दिनमै चन्द्रको श्रीमती गोमा कामीको अचानक मृत्यु भयो।
शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शव भारतमै अन्त्येष्टि गरे । किरिया गर्न भने उनी फर्केर वीरेन्द्रनगरमै आए । तर, यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकीको जग्गामा त्रिपाल हालेर किरिया बसेका छन् ।
चन्द्र आफ्नो २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा उनीहरूले निकै सकस व्यहोर्नुपरेको छ । बसाइमात्र होइन, छाक टार्न पनि कामी परिवारलाई धौधौ भएको छ।
दश दिनअघि ज्याला मजदुरीका लागि भन्दै चन्द्रका श्रीमान्श्रीमती भारतको चण्डीगढ पुगेका थिए । त्यहाँ ढुंगा बोक्ने काम शुरू गरेको दुई दिनमै पाँच दिनअघि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्र पीडाले विक्षिप्त बनेका छन् । चन्द्रको पुरानो घर जाजरकोट हो । सानैमा आमाबुबा गुमाएर सम्पत्ति कमाउन नसके पनि श्रीमती र छोराछोरीको मायाले बाँचेको भन्दै उनले श्रीमतीको पनि मृत्यु भएपछि आफूमा झन् चिन्ता थपिएको बताए ।
यहाँको ज्याला मजदुरीले छाक टार्न मुस्किल भएपछि भारत पुगेको भन्दै उनले त्यहाँ पनि दशा लागेर श्रीमतीको मृत्यु भएको उल्लेख गरे । सँगै काम गरेर फर्किएकी श्रीमतीको सुतेकै अवस्थामा मृत्यु भएपछि शव घर ल्याउने पैसासमेत नभएपछि उतै दाहसंस्कार गरेर आफू सुर्खेत फर्किएको भन्दै उनले यहाँ पनि त्रिपालमै पसेर किरिया गर्नुपरेको बताए।
ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका चन्द्रका एक छोरा र एक छोरी छन्। किरिया बसेका २६ वर्षीय छोरा मेघराज ट्याक्टर चलाउने काम गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न नसक्ने भएका छन् । छोरी सानै भएकाले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता चन्द्रलाई छ।
ज्याला मजदुरी गरेर छाक टार्नै मुस्किल हुने चन्द्रको परिवारको बासको टुंगो छैन । छिमेकीले दुःख देखेर जग्गामा कटेरो बनाएर बस्न दिए पनि त्यो पनि अहिले भत्किसकेको छ । कटेरो भत्किएपछि बनाउने अवस्था नहुँदा चन्द्रका श्रीमान्श्रीमती कमाउनका लागि भारत पुगेका थिए । १३ दिने किरिया त्रिपालमा गरिरहँदा आकाशबाट परेको पानीले झन् चिन्ता थपिएको उनले बताए । छाक टार्ने खाद्यान्नसमेत नहुँदा सो परिवारले सहयोगको अपेक्षा गरेको छ।
५२ वर्षीय चन्द्रलाई सानैदेखि पालनपोषण गरेकी फुपू जलधारा सुनारले चन्द्रको परिवारलाई पालन गर्न गाह्रो हुने भएकोले मनकारी सहयोगीहरूलाई सहयोग गर्न आग्रह गरेकी छन् । श्रीमान्श्रीमती हुँदा दुःख गरेर कमाएर जीवन चलाए पनि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्रलाई जीवन चलाउन कठिन भएको उनले बताइन् । छिमेकीहरूले एक दुई छाक चामल सहयोग गरेको भन्दै उहाँले किरिया सकिएपछि सबैले सहयोग गरिदिन उनले आग्रह गरेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: