धरान । धरानको खानेपानी महसुल शुल्क अत्यधिक वृद्धि गरेको विरुद्ध खानेपानी बोर्डमा धरानको १० दलले तालाबन्दी गरेको छ । खानेपानी महसुल तथा शुल्क वृद्धिविरुद्ध १० दलीय संयुक्त सङ्घर्ष समिति गठन गरी गत साउन ११ गते मौन जुलुस निकाली खानेपानी बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिए पनि हालसम्म केही सुनुवाइ नभएकोले आइतबार सङ्घर्ष समितिले भोलि (सोमबार) १० बजेसम्म वार्तामा आउन आग्रह गर्दै खानेपानी बोर्डमा तालाबन्दी गरेको छ ।
सङ्घर्ष समितिको आह्वानमा धरान १ सिंहदेवी चोकदेखि छाताचोक हुँदै खानेपानी बोर्डसम्म खानेपानी महसुल वृद्धिविरुद्ध विरोध गर्दै “जनता ठग्न र मार्न पाइँदैन”, “खानेपानी बोर्डको हिसाब किताब सार्वजनिक गर”, “जनविरोधी निर्णय खारेज गर”, “जनता लुट्न बन्द गर”, “नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर” लगायतको प्ले कार्डसहित सयौंको सङ्ख्यामा नागरिकहरुले नाराबाजी गरेको थियो ।
करिब एक दशक जति जनताको घरदैलोमा पुगेर जनताको सेवा गर्छु भन्दै धरानको मुख्य समस्या खानेपानीको समस्या समाधान गर्ने र जनताको अन्य हरेक समस्याबारे आवाज उठाउँदै विरोध गर्दै आएका नगरप्रमुख राई आज जनताले नगरप्रमुख बनाएपछि जनताको नै ढाड सेक्ने गरी खानेपानी महसुलमा वृद्धि गरेको भन्दै १० दलले करिब १० दिनदेखि आन्दोलन गरेको हो ।
धरानमा खानेपानीको समस्या निकै ठुलो चुनौतीको रूपमा छ । यस खानेपानी समस्याको आंशिक रूपमा भए पनि हल गर्नको लागि नेपाल सरकार, एसियाली विकास बैंक र धरान उपमहानगर पालिकाको संयुक्त लगानीमा पुनर्निर्माण तथा विस्तारको कार्य भई नेपाल सरकार र एसियाली विकास बैङ्कको सम्झौता अनुसार धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भई नेपाल खानेपानी संस्थान धरान शाखालाई बोर्डमा गाभ्ने प्रक्रिया पूरा भई हाल धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत खानेपानीको व्यवस्थापन कार्यमै रही धरान खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार सञ्चालन भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: