Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

वर्षाैदेखि पानीकाे समस्या भाेगेका ज्यामरुककोटवासी ट्याङ्की हेरेरै चित्त बुझाउँछन्

खबरडबली संवाददाता

म्याग्दी  । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका –२ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर आशा निराशामा परिणत भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९–८० मा ज्यामरुककोटका दुईसय ५० घरधुरीमा ‘एक घर एक धारा’ योजनाअनुसार ज्यामरुककोट–ठूलो खोला राताभिर लिफ्ट खानेपानी योजना संचालन गरेको थियो । ठूलो खोलाबाट लिफ्टिङ प्रविधिबाट गाउँको शिरमा रहेको ज्यामरुककोटको डाँडामा निर्माण गरिने ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना थियो ।  

योजनामा पहिलो वर्ष एउटा मात्र पानी संकलन गर्ने ट्याङ्की  निर्माण भएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए । वडाको भकुण्डे, फापरखेत र अर्जमको ठुलो वस्तीलाई खानेपानी सुविधा विस्तारका लागि योजना सञ्चालन भए पनि रकम अभावमा कार्यन्वयनमा समस्या भएको उनको भनाइ छ । 

योजनाको कुल लागत १० करोड ९४ लाख ८० हजार  रुपियाँ रहेकोमा पहिलो वर्ष ४५ लाख रुपियाँ खर्च गरेर उपभोक्ता समितिमार्फत दुईसय घनमिटर पानी संकलन ट्याङ्की निर्माण गरिएको थियो । 

योजना सञ्चालन भएको एक वर्षपछि आर्थिक वर्ष २०८०–८१ मा संघीय खानेपानीबाट योजना कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकार मातहतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमा हस्तान्तरण भएको छ ।   

गत आर्थिक वर्षमा उक्त कार्यालयले योजना कार्यन्वयन गर्न सकेन । योजना कुल लागत ठुलो भएको र प्रयाप्त मात्रामा बजेट विनियोजन नभएकाले योजना कार्यान्वयनमा समस्या भएको कार्यालयको भनाइ छ ।  

चालु आर्थिक वर्षमा उक्त योजना फेरि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मातहत आएको कार्यालयका इन्जिनियर नविन सुवेदीले बताउए । ठुलो लागतका योजनाहरु स्विकृत गर्ने तर न्यून बजेट पठाउने प्रवृत्तिले योजना कार्यन्वयनमा समस्या भएको इन्जिनियर सुवेदीले बताए । 

यो योजनाको अघिल्लो आर्थिक वर्षकै १५ लाख रुपियाँ भूक्तानी गर्न बाँकी छ, उनले भने, ‘‘चालु आर्थिक वर्षका लागि ५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यसरी योजना कार्यन्वयन गर्न समस्या हुन्छ ।’’ 

हिउँदका ६ महिना पिउने पानीको समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको योजना माग गरेको तर सम्बन्धित निकायबाट आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको वडाध्यक्ष कार्कीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending