काठमाडाैं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा प्रवास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया जाने भएकी छन् । सो पार्टीको प्रवास सङ्गठन जनप्रगतिशील मञ्च कोरियाको छैटौँ अधिवेशनमा सहभागी हुन उपाध्यक्ष भुसाल कोरिया जाने भएकी हुन् । भुसालसँगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज ओम शर्मा पनि कोरिया जाने जनाइएको छ ।
अगस्ट १८ मा कोरियाको राजधानी सोलमा जन प्रगतिशील मञ्चको आठौँ अधिवेशन हुँदैछ । अधिवेशनमा प्रमुख अतिथिको रूपमा भुसाल र विशेष अतिथिको रूपमा शर्मा रहने छन् । कार्यक्रमको पूर्व सन्ध्यामा जनप्रगतिशील मञ्च कोरियाका संगठित सदस्यहरूबिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत हुने जनाएको छ ।
मञ्चले केही समय अगाडिदेखि नै क्षेत्रीय सङ्गठनहरूको अधिवेशन सम्पन्न गरेर राष्ट्रिय अधिवेशनको तयारी थालेको थियो । कोरियामा विगत लामो समयदेखि स्थापित रहेको जनप्रगतिशील मञ्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरूमा सहकार्य गर्दै आइरहेको सङ्गठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी सङ्गठित र समर्थित सदस्य रहेको सङ्गठनले जनाएको छ ।
मञ्चले आफ्नो अधिवेशनमा कोरिया रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक सङ्घ–संस्थाका पदाधिकारीहरू, विभिन्न क्षेत्रीय सङ्घ– संस्थाका पदाधिकारीकारी, समाजसेवी तथा बुद्धिजीवी, विद्यार्थी, पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: