Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

माओवादी उपाध्यक्ष भुसाल र पोलिटब्युरो सदस्य शर्मा कोरिया जाँदै

खबरडबली संवाददाता

काठमाडाैं  । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा प्रवास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया जाने भएकी छन् । सो पार्टीको प्रवास सङ्गठन जनप्रगतिशील मञ्च कोरियाको छैटौँ अधिवेशनमा सहभागी हुन उपाध्यक्ष भुसाल  कोरिया जाने भएकी हुन् । भुसालसँगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज ओम शर्मा पनि कोरिया जाने जनाइएको छ ।

अगस्ट १८ मा कोरियाको राजधानी सोलमा जन प्रगतिशील मञ्चको आठौँ अधिवेशन हुँदैछ । अधिवेशनमा प्रमुख अतिथिको रूपमा भुसाल र विशेष अतिथिको रूपमा शर्मा रहने छन् । कार्यक्रमको पूर्व सन्ध्यामा जनप्रगतिशील मञ्च कोरियाका संगठित सदस्यहरूबिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत हुने जनाएको छ । 

मञ्चले केही समय अगाडिदेखि नै क्षेत्रीय सङ्गठनहरूको अधिवेशन सम्पन्न गरेर राष्ट्रिय अधिवेशनको तयारी थालेको थियो ।  कोरियामा विगत लामो समयदेखि स्थापित रहेको जनप्रगतिशील  मञ्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरूमा सहकार्य गर्दै आइरहेको सङ्गठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी सङ्गठित र समर्थित सदस्य  रहेको सङ्गठनले जनाएको छ ।

मञ्चले आफ्नो अधिवेशनमा कोरिया रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक सङ्घ–संस्थाका पदाधिकारीहरू, विभिन्न क्षेत्रीय सङ्घ– संस्थाका पदाधिकारीकारी, समाजसेवी तथा बुद्धिजीवी, विद्यार्थी, पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending