Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

लोकतन्त्र देखाउने दाँत मात्रै होः प्रभु साह

लोकतन्त्र बचाउन कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नु पर्छ

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब आईटी आर्मी अगाडी आउनुपर्ने निर्देशन समेत उनले दिए । 

आजपा निकटको आईटी आर्मीको काठमाडौँ उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि आईटी आर्मी फ्रन्टलाइनमा आउनुपर्ने आवश्यक रहेको बताए । दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उनले जिकिर गरेका छन् ।

‘एक त देशमा लोकतन्त्र नै छैन । लोकतन्त्र देखाउने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप सङ्कटको सङ्केत गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्त्वपूर्ण भूमिकाको आवश्यकता परेको छ । यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाइनमा आएर प्रतिकार गर्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ ।’ 

लोकतन्त्र बचाउनका लागि कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका कांग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो रु के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो रु तर आज के भइरहेको छ, सङ्घदेखि प्रदेशसम्म उनीहरूले आफ्नै प्रतिबद्धता वितरित काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूले जनताको भोट फिर्ता गर्नुपर्दैन रु’ साहले प्रश्न गरे । 

अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आईटी आर्मी लाग्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप उनले लगाए । 

विभिन्न ठुला भ्रष्टाचारका काण्डमा कांग्रेस र एमालेकै शीर्ष नेताहरूको संलग्नता रहेको बताउँदै त्यस्तालाई कारबाही नगरिएसम्म मुलुक नबन्ने उनले बताए । भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचारीहरूले नियुक्त गर्ने कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारबाही नगरेकाले अब आम जनताले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताए । 

‘तपाई हामी सबैलाई थाहा छ । ठुलठुला भ्रष्टाचारका काण्डमा उही कांग्रेस, एमाले सहितका दलका नेताहरूको संलग्नता रहेको देखिन्छ । तर उहीहरू कारबाहीमा पर्दैनन् । मिलेरै देश लुटेका छन् । नेपालमा लुटेर विदेशमा जम्मा गरेका छन्’ साहले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने निकायमा उनीहरूले नै नियुक्त गरेका कारिन्दाहरु छन् । जबसम्म यस्ता भ्रष्टाचारीलाई कारबाही हुँदैन, तबसम्म मुलुक बन्दैबन्दैन् । त्यसैले भ्रष्टाचारीलाई तपाईंले जहाँ देख्नुहुन्छ, त्यही कारबाही गर्नुस् । किनभने आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो ।’

नेपालमा भ्रष्ट एवं भगौडा वर्गलाई पक्षपोषण गर्ने लुटकारी दलाल दलतन्त्रले आम जनतामा चरम निराशा, आक्रोशको स्थिति रहेकाले यसलाई बदल्न तथा मुलुकलाई बरबाद हुनबाट जोगाउन दलीय सिन्डिकेटका विरुद्ध अग्रमोर्चामा लड्ने कार्यभार आईटी आर्मीको काँधमा आएकाले यसलाई जिम्मेवारी बोधका साथ पालना गर्ने प्रतिबद्धता आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले व्यक्त गरेका छन् । 

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव धनकुमारी मगर, आईटी आर्मीका नेताहरू प्रशान्त तिमिल्सिना, पप्पु साह, टाईसन लामा, आर्या पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending