Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

लोकतन्त्र देखाउने दाँत मात्रै होः प्रभु साह

लोकतन्त्र बचाउन कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नु पर्छ

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब आईटी आर्मी अगाडी आउनुपर्ने निर्देशन समेत उनले दिए । 

आजपा निकटको आईटी आर्मीको काठमाडौँ उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि आईटी आर्मी फ्रन्टलाइनमा आउनुपर्ने आवश्यक रहेको बताए । दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उनले जिकिर गरेका छन् ।

‘एक त देशमा लोकतन्त्र नै छैन । लोकतन्त्र देखाउने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप सङ्कटको सङ्केत गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्त्वपूर्ण भूमिकाको आवश्यकता परेको छ । यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाइनमा आएर प्रतिकार गर्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ ।’ 

लोकतन्त्र बचाउनका लागि कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका कांग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो रु के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो रु तर आज के भइरहेको छ, सङ्घदेखि प्रदेशसम्म उनीहरूले आफ्नै प्रतिबद्धता वितरित काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूले जनताको भोट फिर्ता गर्नुपर्दैन रु’ साहले प्रश्न गरे । 

अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आईटी आर्मी लाग्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप उनले लगाए । 

विभिन्न ठुला भ्रष्टाचारका काण्डमा कांग्रेस र एमालेकै शीर्ष नेताहरूको संलग्नता रहेको बताउँदै त्यस्तालाई कारबाही नगरिएसम्म मुलुक नबन्ने उनले बताए । भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचारीहरूले नियुक्त गर्ने कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारबाही नगरेकाले अब आम जनताले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताए । 

‘तपाई हामी सबैलाई थाहा छ । ठुलठुला भ्रष्टाचारका काण्डमा उही कांग्रेस, एमाले सहितका दलका नेताहरूको संलग्नता रहेको देखिन्छ । तर उहीहरू कारबाहीमा पर्दैनन् । मिलेरै देश लुटेका छन् । नेपालमा लुटेर विदेशमा जम्मा गरेका छन्’ साहले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने निकायमा उनीहरूले नै नियुक्त गरेका कारिन्दाहरु छन् । जबसम्म यस्ता भ्रष्टाचारीलाई कारबाही हुँदैन, तबसम्म मुलुक बन्दैबन्दैन् । त्यसैले भ्रष्टाचारीलाई तपाईंले जहाँ देख्नुहुन्छ, त्यही कारबाही गर्नुस् । किनभने आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो ।’

नेपालमा भ्रष्ट एवं भगौडा वर्गलाई पक्षपोषण गर्ने लुटकारी दलाल दलतन्त्रले आम जनतामा चरम निराशा, आक्रोशको स्थिति रहेकाले यसलाई बदल्न तथा मुलुकलाई बरबाद हुनबाट जोगाउन दलीय सिन्डिकेटका विरुद्ध अग्रमोर्चामा लड्ने कार्यभार आईटी आर्मीको काँधमा आएकाले यसलाई जिम्मेवारी बोधका साथ पालना गर्ने प्रतिबद्धता आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले व्यक्त गरेका छन् । 

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव धनकुमारी मगर, आईटी आर्मीका नेताहरू प्रशान्त तिमिल्सिना, पप्पु साह, टाईसन लामा, आर्या पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending